
छोरी तिमि हिम्मत नहार्नु छोरी,
प्रकाशित मिति । २३ मंसिर, २०७९ ।
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकि नातीनी सृष्टि दाहाल केसीले छोरीलाई हिम्मत नहार्न आग्र गर्दै लामो लेख लेखेकी छिन । दहालले लेखेको लेख अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
उनले आफ्नो सामाजिक संजाल फेशबुकमार्फत बिगत र समसामयिक परिस्थितिमा समाजमा छोरी मान्छेलाई हेर्ने दृष्टिकोण र भोग्दै आएका पिडाहरु पोखेकी छिन । उनीले सामजमा अन्याय सहने मात्रै होइन अन्यायको विरुद्ध लड्ने साहसी महिला पनि भएको बताएकी छिन ।
आफ्नो छोरीलाई केही हुँदा पीडा हुने समाजले अरुको छोरीको पिडालाई पनि आफ्नै छोरीको पीडा सम्झनु पर्छ, उनको भाव रहेको छ । महिलाले भोगेका समस्याहरु समाधान गर्न उ जिउँदो भएको बेला साथ दिनुपर्छ तर अहिलेको समाजमा बाँचुञ्जेल उसले भोगेका समस्यामा चासो नदेख्ने तर घटना घट्छ अनि मात्र न्यायको लाही समाज तातिन्छ, उनले यस्तै भाव समेटेर एउता स्टाटस लेखेकी छिन ।
हेर्नुस सृष्टि दाहाल केसीले लेखेको जस्ताको तस्तै स्टाटस
छोरी तिमि हिम्मत नहार्नु छोरी,
तिमी नसहनु है छोरी,
तिमी नजल्नु है छोरी,
म छु नि, सायद यो सब नभन्ने केहि प्रतिशत परिवार होला तर अहिलेको परिस्थितिमा धेरै परिवारले आफ्नो छोरी कै साथ दिन्छन तर समस्या परिवारको भन्दा छोरी कै बनिसकेको हुन्छ। हाम्रो समाज र परिस्थीतिले छोरीलाई यती धेरै लाचार बनाईदिन्छ कि उसलाई बाध्य बनिदिन्छ सहन, सहन अनि सहन । हाम्रो समाज निकै नै कठोर छ । छोरीलाई उसको परिवारले माया, साथ दिन्छ तर समाजमा उपस्थित अरूले आफ्नो बाहेक अरुको छोरीलाई केवल अउला उठाउँछ । आफ्नो छोरीलाई दुख्दा पीडा महशुस गर्छ र अरूको छोरीका पिडा नाटक संझन्छ कयौं शब्दवाण प्रहार गर्छ ।
आज छोरीलाई नसहनु भन्दा पनि परिवार र समाजलाई परिवर्तन गर्न जरूरी छैन? आफ्नो छोरालाई सानै देखी तिमि त राजा नै हो झैं गरी हरेक गल्तीमा आड दिने, र छोरी मान्छेलाई सिकाउने तिमि त छोरी हो सहनु पर्छ, उ त छोरा मान्छे हो गरिहाल्छ नि भन्नेहरूले सोंच नबदलेसम्म धेरै छोरीहरु जलिरहनुपर्छ चाहे बाहिर देखिने गरि होस या भित्रभित्रै ।
छोरी त निकै सहनशील हुन्छीन उनी सँहदै जान्छिन्, सहन्छिन् आफ्नो परिवारको ईज्जतको लागी, सामाजको गाली सुन्नु नपरोस त्यसका लागी । छोरीको ईज्जत गर्नुपर्छ है भनेर केवल आफ्नो घरका छोरीहरूका लागि मात्र सिकाएर भएन हजुर । जति पीडा आफ्नो छोरीलाई पर्दा हुन्छ त्यतिनै पिडा अरु छोरीका परिवारलाई पनि हुन्छ।
जब कुनै घटना घट्छ सबको मुटु चिरिन्छ, धेरै ठूला कुरा गरिन्छ तर जब कुनै महिला जिउँदो दिन दिनै जलिरहेको था हुँदा उसलाई साथदिने उसको आफ्नो परिवार बाहेक यो समाजमा कोही हुँदैन।
हाम्रो समाजमा यस्तो महिला पनि हुनुहुन्छ जो अत्याचार सहन नसकि गलत सम्बन्धबाट निस्किने हिम्मत गर्ने र आफै एक्लै आफ्नो सन्तानको हेरचाह गर्नुहुन्छ तर त्यती बेला पनि अपशव्द बोल्ने लेख्ने, चरित्रहत्या गर्ने, आत्मबल गिराउने खोज्ने यहि समाज हैन र? आफ्नै छोरीलाई त मरे मर तर सहेर बस कसैले भन्दैन । सकेसम्म सम्बन्ध जोगाउ तर हुँदै हुँदैन भने सोच नैभन्नु हुन्छ जस्तो लाग्छ ।
तर त्यसो भनिने पनि केवल आफ्नो छोरीलाई पर्दा मात्र हो । अरुका छोरीलाई आफ्नै छोरी समान त देख्न सकनु हुन्न होला तर त्यस्तै सोच्दिनु पर्यो । जे अरूको छोरीका लागि लेखीन्छ, बोलिन्छ के त्यो आफ्नै छोरीलाई पर्दा सहन सकिन्छ भनेर।
आफ्नो घर भित्र रहेका आफ्ना छोराहरूलाई सिकाउन जान्नु पर्यो जसरी आफ्नो आमा, दिदी, बहिनीको ईज्जत गरिन्छ त्यसरी नै अरूका छोरीहरूलाई पनि ईज्जत, सम्मान दिनुपर्छ भनेर। यति सिकाई दिए आज यसरी धेरै छोरीहरू जली रहेका हुने थिएनन्। सम्मान हरेक वर्गलाई गर्न जरूरी हुन्छ।
आफ्नी छोरीलाई मात्र हैन सबैको छोरी हरूलाई मायाँ गरिदिनुस् । नबुझी कसैलाई गलत शब्दको वर्षागर्न नथाल्नुहोस् 🙏
अनुसन्धानका लागि हेडक्वार्टर तानिए सशस्त्र प्रहरीका तीन एसपी
काठमाडौँ — आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) अनुसन्धानका लागि हेडक्वार्टर तानिएका छन् । सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई अनियमितता आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । तीनैजना एसपी सशस्त्रका सिसं २ का ब्याची हुन् ।
बारा र पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो । सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको हो ।
सशस्त्रका बाहिनी र गणलाई समेत सुइँको नदिई हेडक्वार्टरबाट केही दिन अघिबाट एसपी नेतृत्वका दुई मार्सल टोली खटिएका थिए । सोही रिपोर्टका आधारमा मुख्यालयले शुक्रबार शंका लागेका अधिकृतहरुलाई फिर्ता हुन २४ घण्टे निर्देशन दिएको थियो । फिर्ता बोलाइएका अधिकृतमाथि विस्तृतरुपमा अनुसन्धान हुने र कसुर देखिए कानुनअनुसार कारबाही गरिने सशस्त्र प्रहरी स्रोतले बतायो ।