
अदालती बिवाह गरेकी गायिका कल्पना दाहालको आज भब्य बिवाह हुदै, संसार छाडेका दाईले रोजेकै केटासंग बिहे (हेर्नुस भिडियो)
प्रकाशित मिति । २३ मंसिर, २०७९ ।
काठमाडौं -चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहालले आज बिवाह गर्दै छिन् । आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गर्न लागेकी हुन् । अदालती बिहेपछि पहिलो पटक आफ्नो श्रीमान लाई मिडियामा सार्बजनिक गरेकी उनले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग केहि समय अगाडि कानुनि बिवाह गरेकी थिइन ।
सोहि बारे पहिले समाचार आयपनी उनको विवाहको चर्चाहरु भने खासै भयको पाईयको थिएन। कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै आयपनी रमेश प्रसाई संग दोहोरी गायपछी सबै तिर उनको चर्चाहरु चुलीदै गयको थियो।उनको विवाहको बारेमा पटक पटक अनेक कुराहरु आउदै गर्दा कल्पना दाहालले लामो समय देखी इन्द्रेणीमा सदस्यको रुपमै रहेकी हुदा इन्द्रेणी बाट आफुले कानुनि बिवाह गरेको कुरा खुलासा गर्दै आफ्नो श्रीमान् सहित मिडियामा आयकि थिईन ।
उनले पहिले कानुनि बिवाह गरेपनि उनको बिवाह कहिले हुन्छ त भन्ने प्रश्नमा अहिले आफन्त बितेका कारण नेपालि सस्कार अनुसार अहिले तत्काल बिवाह गर्न नमिलेको कारण अहिले पेप्परमा अदालती बिवाह गरेको उनले बतायाकी थिईन ।लामो समय देखी फेसबुकमा चिनो जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिए ।
दुवै जनाको विवाहलाई सार्बजनिक गर्दै इन्द्रेणी का अविभावक कृष्ण कंडेल र प्रतिमा कंडेलले समेत विवाहको सुभकामना दिदै टिका समेत लगाईदियका थिए । भने सोहि समय मा कल्पना दाहाल र उनका श्रीमान् पुण्यप्रसाद आर्चाय लाई सबैमाझ सार्बजनिक गर्दै पहिलो पटक मिडियामा सार्बजनिक गरेकी थिईन ।
यस भन्दा अगाडि पनि गायिका कल्पना दाहालको अदालती विवाहको बारेमा विभिन्न समाचार आयपनी यस बारेमा कल्पना दाहाल केहि नबोलेका कारण धेरै दर्शक श्रोता संगै उनका सुभ चिन्तकहरु केहि भ्रममा परेको पाउन सकिन्थ्यो।
अहिले भने उनले आफ्नो बिवाह भयको कुरा ललिगुरास युटुब च्यानल बाटै सार्बजनिक गरेकी छिन् । अमेरिकी नागरिक पुण्यप्रसाद आर्चाय संग बिवाह गरेपछि कल्पना दाहाल पनि अमेरिका जालिन त भन्ने प्रश्नमा कल्पना दाहालले आफ्नो श्रीमान् जता हुनुहुन्छ म पनि उतै जामला अथवा उहा पनि नेपाल आउनु होला भन्ने कुरा मात्र जनायाकी छिन।
उनले सोहि बेला बतायकि छिन अदालती अर्थात कागजी बिहे मात्र किन गरेको होला बिस्वाश नभयर होकी भन्ने केहि दर्शकको जिज्ञाशा लाई मेटाउदै अहिले श्रीमान् बिहेका लागी अमेरिका बाट आयको र अहिले आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण बिहेको प्रोसेस अगाडि बढाउनका लागी तत्काल लाई अदालती बिहे गरेको कुरा कल्पना दाहालले बतायकि थियिन।
इन्द्रेणी बाटै कल्पना दाहालले श्रीमान् मन परेको अनि आफ्नो सबै कुरा बुझ्ने खालको र सधै साथ पाउने भयरै अमेरिका बाट बिहेको लागी उहा आउनु भयको समेत जनायाकी छिन। केहि दिन अगाडि मात्र कल्पना दाहाल विदेशको सांगीतिक कार्यक्रमको लागी भनेर बहराईन समेत पुगेकी थीइन र उनि बहराईन बाट आय संगै कल्पना दाहाल र पुण्यप्रसाद आर्चाय दुवै दम्पतिको बिहेको खुलासा संगै दुवै जनालाई मिडियामा एकै साथ देखीयको हो।बाकि तलको भिडियोमा पुरा हेर्नुहोस।
प्रयास के पर्याप्त छ ?
मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा समावेश गरिएका जम्मा ३० वटा अधिकारहरूमा बाँच्न पाउने अधिकार, स्वतन्त्रता र गोपनीयताको अधिकार; अभिव्यक्ति र धर्मको स्वतन्त्रता; दासत्व, यातना र स्वेच्छाचारी थुनाबाट स्वतन्त्रता; र आफ्नो सरकारमा भाग लिन पाउने एवं स्वतन्त्र तथा स्वच्छ निर्वाचनमा मतदान गर्ने अधिकारजस्ता नागरिक तथा राजनीतिक अधिकार छन् ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा हस्ताक्षर भएको लगभग ७५ वर्षपछि समेत कुनै पनि राष्ट्रले उक्त घोषणापत्रका आकांक्षालाई पूर्ण रूपमा पूरा गर्न सकेको छैन । पछिल्ला केही वर्षमा मात्रै संयुक्त राज्य अमेरिकाले जातीय समानताका लागि गर्नुपरेको संघर्षको साक्षीका रूपमा सिंगो विश्व उभिएको छ । अमेरिकामा विद्यमान लैंगिक असमानता पुरुष र महिलाको आम्दानीबीचको खाडलबाट स्पष्ट देखिन्छ । र हाम्रो आफ्नै लोकतन्त्रले परीक्षाका कठिन घडीहरू पार गरेको छ ।
यस वर्षको मानव अधिकार दिवससँगै सबै राष्ट्रले मानव अधिकारको विश्वव्यापी घोषणापत्रको अर्थमाथि चिन्तनमनन गर्ने र यसका सिद्धान्तप्रतिका आफ्ना प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने समय आएको छ । उक्त घोषणापत्रमा हस्ताक्षर भएदेखि विश्वले धेरै लोकतान्त्रिक सरकारहरूबाट लाभ लिएको छ र सबै व्यक्तिको अविच्छिन्न अधिकार, समानता र स्वतन्त्रतालाई स्वीकार गर्ने नियममा आधारित विश्व व्यवस्थाबाट धेरै फाइदा उठाएको छ । तर पनि आज विश्वव्यापी रूपमा मानव अधिकारको नियमित हनन भइरहेको छ ।
युक्रेनमा रुसको अप्रत्याशित आक्रमणले एउटा लोकतान्त्रिक राष्ट्रलाई उसको सार्वभौमसत्ताबाट र युक्रेनी जनतालाई उनीहरूको जीवन र स्वतन्त्रताको अधिकारबाट वञ्चित गरेको छ । इरानमा अधिकारीहरूले शान्तिपूर्ण नागरिक प्रदर्शनविरुद्ध हिंसा बढाए । र संसारका अन्य भागमा तानाशाही व्यवस्थाहरूले मौलिक स्वतन्त्रताहरूलाई खतरामा पार्ने क्रम जारी नै छ ।
महामारीले यी चुनौतीहरूलाई झन् बढाएको छ । केही सरकारले आफ्ना नागरिकमाथि थप प्रतिबन्ध लगाउनका लागि संकटकालीन व्यवस्थाको दुरुपयोग गरेका छन् ।
संयुक्त राज्य अमेरिका र अन्य साझेदार तथा लोकतान्त्रिक सरकारहरू सधैं आफ्ना आदर्शहरूलाई हासिल गर्न सफल नभए पनि यस विश्वव्यापी मानव अधिकारप्रतिको हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको निरन्तर प्रतिबद्धताका माध्यमबाट हामी मानव अधिकारको विश्वव्यापी घोषणापत्रका सिद्धान्तहरूको उपयुक्त सम्मान गर्न सक्छौं । मानव अधिकारको संरक्षण र समर्थनका लागि नेपालमा सरकार र नागरिक समाजसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।
नेपालको संविधानले मानव अधिकार संरक्षणका लागि थुप्रै व्यवस्था गरेको छ । ती सबै व्यवस्थाको सायद पूर्ण कार्यान्वयन भइनसके नि नेपाल सरकार आफ्ना जनताको अधिकारलाई सुदृढ र संरक्षण गर्न निरन्तर प्रयास गर्दै यस क्षेत्रमा एउटा प्रेरणादायी उदाहरण बनेको छ ।
नेपाल सरकार र स्थानीय साझेदारसँगको यूएसएआईडीको विकास कार्यले स्वास्थ्य र शिक्षामा पहुँच बढाएको छ, लोकतान्त्रिक प्रक्रिया र सामाजिक समावेशीकरणलाई बलियो बनाएको छ र आर्थिक विकासका लागि थप अवसर प्रदान गरेको छ । अमेरिका र नेपालका कानुन कार्यान्वयनकर्ताले मानव बेचबिखनविरुद्ध लड्न र विधिको शासनलाई बलियो बनाउन सहकार्य गरेका छन् । पछिल्ला दुई वर्षमा अमेरिकी विदेशमन्त्रीले दुई नेपाली महिला भूमिका श्रेष्ठ र मुस्कान खातुनलाई किशोरी, महिला तथा एलजीबीटीक्यूआई प्लस समुदायको मानव अधिकारका लागि लड्नमा उहाँहरूको नेतृत्वदायी भूमिकाका लागि सम्मानित गर्नुभएको छ ।
सबै सरकारले आफ्ना जनताको मानव अधिकारको रक्षा गर्नुपर्छ । यो एउटा आधारभूत अवधारणा हो, तर त्यस्तो अवधारणा जसलाई हामीले निरन्तर दोहोर्याउनुपर्छ । मानव अधिकारको सम्मान नै राष्ट्रहरूबीचको दिगो शान्ति र समृद्धिको अपरिहार्य अंश हो । यस वर्षको मानव अधिकार दिवसमा हामीले आफैंतिर हेर्नुपर्छ र आफैंलाई सोध्नुपर्छ– मानव अधिकार र सबै व्यक्तिको मौलिक स्वतन्त्रताको सम्मान, प्रवर्द्धन र संरक्षण गर्न हामीले पर्याप्त प्रयास गरिरहेका छौं कि छैनौं ?
थम्पसन नेपालका लागि अमेरिकाका राजदूत हुन् ।