
आज छत्र शाही र काजल जोशीको बिहे, इन्द्रेणी टिम आएन भन्दै धुरु धुरु रोए छत्र (हेर्नुस भिडियो)
प्रकाशित मिति । २३ मंसिर, २०७९ ।
काठमाडौ । इन्द्रेणीबाट एकाएक चर्चामा आएका गायक छत्र शाही र काजलको बिहे बैसाखमा हुने हल्लाह थियो तर बिहे हुन सकेन।एक्कासी बिहे रोकिएपछि काजल र छत्र एकसाथ मिडियामा आएका थिए । छत्र साही अहिले पछिल्लो समयमा दोहोरी क्षेत्रको निकै चर्चित नाम हो र उनका हरेक भिडियोहरु दर्शकहरुले धेरैनै मनपराउने गर्दछन।
अझै उनको र काजल जोशीको बिषयलाई लियर पछिल्लो समयमा चर्चा झनै चल्दै गएको छ । अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेमको कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भयको समेत देख्न सकिन्छ ।
काजल र छत्र बीच केहि महिना देखि प्रेम छ उनीहरु बिहे गर्ने अन्तिम तयारीमा थिए । इन्द्रेणीमा छत्र र काजलको दोहोरी निकै जमेको छ।उनीहरुको हरेक भाग हिट छन।छत्रको परिवारले पनि काजललाइ बुहारी बनाएर भित्र्याउन तयार रहेको खुलेको छ भने काजल पनि छत्र संग बिहे गर्न तयार रहेको खुलेको छ।
छत्रकै आफ्नै युटुब मार्फत आएको उक्त भिडियोमा छत्रको बहिनी र बहिनी ज्वाई समेत मिडियामा आएका थिए उनीहरुको पनि छत्रको बिहे हेर्ने धोको रहेको भिडियोमा देख्न सकिन्छ।छत्र साहीले इन्द्रेणी मार्फत सामाजिक काम गर्दै आएका छन।
दोहोरी साझबाट सांगीतिक यात्रा सुरु गरेका छत्र लामो समय स्टुडियो र दोहोरी साझमै समय बिताए पछि इन्द्रेणीमा उनि दोहोरी गाउन थाले तव आम नेपालीले बल्ल उनको खोजि गर्न थाल्यो अहिले उनि बिनाको दोहोरी अधुरो मान्छन दर्शक। हेरौ यो भिडियो
सात प्रदेशसभामा दलहरूको अवस्था कहाँ कस्तो ?
काठमाडौँ — सातवटै प्रदेशसभातर्फको प्रत्यक्षको सम्पूर्ण मतथणना सकिएको छ । मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचन अन्तर्गत सातवटै प्रदेश सभाको ३३० सिटको परिणाम आएको हो ।
सातवटै प्रदेशसभाको मतपरिणाम हेर्दा पाँचदलीय गठबन्धनले प्रदेशसभामा धेरै सिट हासिल गरेको छ । कांग्रेसले सातवटा प्रदेशमा ११२ स्थानमा जित हासिल गरेको छ । एमालेले ९१, माओवादी केन्द्रले ५३, नेकपा एसले १५, जसपा र राप्रपाले ११/११, लोसपाले ९, जनमत र नागरिक उन्मुक्तिले ७/७, हाम्रो नेपाली पार्टी र नेमकिपाले १/१ र स्वतन्त्रले १२ जनाले जितेका छन् ।
प्रदेश १ प्रदेशसभा
प्रदेश १ मा ५६ सिट प्रत्यक्षबाट निर्वाचित हुने गर्छ । यहाँ एमाले पहिलो दल बनेको छ । एमालेले प्रदेशसभाका २५ सिटमा जित हासिल गरेको छ । कांग्रेस १७ सिटका साथ प्रत्यक्षतर्फ दोस्रो दल बनेको छ भने माओवादीले ९ प्रदेशसभा सदस्य जितेको छ । नेकपा (एकीकृत समाजवादी) बाट ३ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित भएका छन् ।
प्रदेश १ को प्रदेशसभाको समानुपातिकमा पनि एमाले पहिलो दल बनेको छ । एमालेले यो प्रदेशसभाका लागि ६ लाख ६५ हजार ४ सय ६० मत पाएको छ । समानुपातिकतर्फ कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६ मत प्राप्त गरेको छ । यो प्रदेशसभामा समानुपातिकतर्फ राप्रपा तेस्रो भएको छ ।
राप्रपाले १ लाख ९८ हजार ५ सय ११ मत पाएको छ भने समानुपातिकमा चौथो बनेको माओवादीले १ लाख ८१ हजार २ सय ४५ मत पाएको छ । जसपाले प्रदेशसभा १ को समानुपातिकमा ६१ हजार ७ सय २३ मत पाउँदा एकीकृत समाजवादीले ५५ हजार ९ सय ५७ मत पाएको छ ।
प्रदेश १ मा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ गरी ९३ सदस्य निर्वाचित हुनेछन् ।
मधेस प्रदेशसभा
१ सय ७ सदस्यीय मधेस प्रदेशसभामा ६४ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् । मधेस प्रदेशसभामा एमाले प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जित्ने दल बनेको छ । एमालेका १५ उम्मेदवारले जित हासिल गरेका छन् । कांग्रेसका १३, जसपाका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ७ उम्मेदवार जितेर प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
पहिलोपटक निर्वाचनमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका ४-४ जना निर्वाचित भएका छन् । मधेस प्रदेशसभामा ६ जना स्वतन्त्रबाट विजयी भएर पुगेका छन् ।
समानुपातिकतर्फ मधेस प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले ४ लाख १ सय ४४ मत पाएर सबैभन्दा अगाडि छ । समानुपातिकतर्फ मधेस प्रदेशसभामा दोस्रो बनेको एमालेले ३ लाख ५१ हजार ७ सय ६८, तेस्रो बनेको जमतले ३ लाख २९ हजार १ सय ७७ मत पाएको छ । पाँच वर्ष सरकार चलाएको जसपा भने प्रदेशसभा समानुपातिकमा चौथो दल बनेको छ ।
जसपाले समानुपातिकतर्फ २ लाख ९८ हजार ७ सय ७४ मत पाएको छ । माओवादीले १ लाख ८० हजार ८ सय ६० मत पाउँदा एकीकृत समाजवादीले १ लाख १३ हजार ९ सय १५ मत पाएको छ । समानुपातिकमा मधेस प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १३ हजार ३ सय ६४ मत पाएको छ । मधेस प्रदेशसभा सदस्यमा ४३ जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।
वाग्मती प्रदेशसभा
वागमती प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस पहिलो पार्टी बनेको छ । प्रत्यक्षतर्फबाट कांग्रेसका २५ सांसद निर्वाचित भएका छन् । यो प्रदेशसभामा माओवादी केन्द्र दोस्रो भएको छ भने नेकपा (एमाले) तेस्रो बनेको छ । माओवादी केन्द्रले प्रदेशसभाका १४ सिट जितेको छ भने एमालेले १३ ।
राप्रपाले ७, नेकपा (एकीकृत समाजवादी)ले ५ प्रदेशसभा सांसद जितेको छ । यो प्रदेशसभामा नेपाल मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले पनि १ सिट जितेको छ । वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फबाट ६६ सांसद निर्वाचित भएका छन् ।
सात प्रदेशमध्ये सबैभन्दा बढी सदस्य भएको वाग्मती प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १ सय १० सदस्य निर्वाचित हुन्छ । यो प्रदेशसभामा समानुपातिबाट ४४ जना निर्वाचित हुन्छन् । समानुपातिकमा वाग्मती प्रदेशसभाका लागि पाएको मत हेर्दा एमाले पहिलो दल बनेको छ । एमालेले ५ लाख ६२ हजार ६ सय ७५ मत पाएको छ ।
कांग्रेसले ४ लाख ७१ हजार ९ सय ६१ मत पाउँदा प्रदेशसभामा समानुपातिकतर्फ तेस्रो बनेको राप्रपाको भागमा २ लाख ७२ हजार ७९ मत परेको छ । माओवादी केन्द्रले २ लाख ७० हजार ३ सय ७२ मत पाएको छ । नेमकिपाले ६८ हजार ६ सय ५४ मत पाउँदा एकीकृत समाजवादीले ६४ हजार १ सय ८ मत पाएको छ ।
गण्डकी प्रदेशसभा
गण्डकी प्रदेशसभाका लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ । गण्डकी प्रदेशसभाको प्रत्यक्षतर्फ १२ सिट जितेर एमाले दोस्रो दल बनेको हो । माओवादी केन्द्र भने तेस्रो दल बनेको छ । माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर प्रदेशसभा उम्मेदवार बनेका ५ जना गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यो प्रदेशबाट १ जना प्रत्यक्षमा निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेशसभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सदस्य गरी ६० निर्वाचित भएर आउँछन् ।
यो प्रदेशसभामा समानुपातिकतर्फ एमालेले धेरै मत पाएको छ । एमालेले समानुपातिकमा ३ लाख ६७ हजार ९ सय ८९ मत पाएको छ भने दोस्रो धेरै मत पाएको कांग्रेसले ३ लाख ४९ हजार ६ सय २८ मत पाएको छ । समानुपातिकमा तेस्रो स्थानमा रहेको माओवादीले १ लाख १६ हजार ९ सय ४५ मत ल्याएको छ । चौथो नम्बरमा रहेको राप्रपाले ५९ हजार ४ सय ८३ मत पाएको छ ।
लुम्बिनी प्रदेशसभा
लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमा प्रत्यक्षबाट ५२ र समानुपातिकतर्फबाट ३५ सांसद निर्वाचित भएर आउँछन् ।
मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनबाट ५२ मध्ये १८ सिटमा जितेर एमाले पहिलो दल बनेको छ । कांग्रेसका १७ सांसद प्रत्यक्षबाट जितेर आएका छन् । यो प्रदेशसभामा माओवादी केन्द्रका ५ सांसद निर्वाचित भएर आएका छन् । जसपा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राप्रपाका समान २-२ प्रदेशसभा सदस्य निर्वाचित भएर आएका छन् । जनमत पार्टीका १ जना निर्वाचित भएर आउँदा ३ सांसद स्वतन्त्रबाट जितेर आएका छन् ।
लुम्बिनी प्रदेशसभाको समानुपातिकतर्फ पनि एमालेले नै धेरै मत पाएको छ । एमालेले ५ लाख ७० हजार ९ सय २१ मत पाएको छ । कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६ मत समानुपातिकतर्फ पाउँदा माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५० मत पाएको छ ।
राप्रपाले यो प्रदेशसमाभा समानुपातिकमा १ लाख २७ हजार ४ सय ५२ मत पाएको छ । पहिलोपटकको निर्वाचनमा नै प्रदेशसभामा प्रवेश पाएको नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१ मत पाएको छ भने जनमत पार्टीले ८१ हजार ६ सय ५ मत पाएको छ । जनता समाजवादी पार्टीले समानुपातिकमा ६० हजार ८ सय ८६ मत पाएको छ ।
कर्णाली प्रदेशसभा
कर्णाली प्रदेशसभाको प्रत्यक्षबाट चुनिने २४ सदस्यमध्ये कांग्रेस र माओवादी केन्द्रले समान ९-९ सिटमा जित हालिल गरेका छन् । एमालेले यो प्रदेशसभामा ५ सिटमा जित हासिल गर्दा १ जना स्वतन्त्रबाट १ जना निर्वाचित भएर आएका छन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६ जना समानुपातिक प्रणालीबाट ।
कर्णाली प्रदेशसभाको प्रत्यक्षमा तेस्रोमा सीमित बनेको एमाले समानुपातिकमा भने सबैभन्दा बढी मत पाएर पहिलो दल बनेको छ । यहाँ एमालेले १ लाख ८३ हजार ९ सय ५० मत पाएको छ भने दोस्रो बनेको कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत पाएको छ ।
समानुपातिकतर्फ माओवादीले १ लाख ३७ हजार ६ सय २९ मत पाउँदा एकीकृत समाजावादीले ३४ हजार ८ सय २६ मत पाएको छ । राप्रपाले भने कर्णाली प्रदेशसभाको समानुपातिकमा २५ हजार १ सय ८६ मत पाएको छ ।
सुदूरपश्चिम प्रदेशसभा
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ३२ सांसद निर्वाचित भएर आउँछन् । यो प्रदेशसभामा १२ सिट प्रत्यक्षबाट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । यहाँ माओवादी केन्द्रका ८ सांसदले जितेर आएका छन् । ५ वर्ष सुदूरपश्चिम प्रदेश सरकार चलाएको माओवादी प्रदेशसभामा प्रत्यक्षतर्फ दोस्रो भएको हो ।
प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीले ५ सिट जितेको छ । एमाले र एकीकृत समाजवादीले समान ३-३ सिट जितेका छन् भने स्वतन्त्रबाट १ जना जितेर आएका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा २१ जना समानुपातिक तर्फबाट निर्वाचित भएर आउँछन् । सुदूरपश्चिम प्रदेशसभाका लागि खसेको समानुपातिक मतमा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिकमा २ लाख ४९ हजार ३ सय २ मत पाएको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिकमा २ लाख ४४ हजार २ सय ५ मत पाउँदा माओवादीले समानुपातिकमा १ लाख १९ हजार ३ सय ४६ मत पाएको छ ।
नयाँ पार्टीका रूपमा सुदूरपश्चिमबाट उदाएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकमा ९८ हजार ५ सय ५४ मत पाएको छ । राप्रपाले ४३ हजार ८ सय ९ मत पाउँदा एकीकृत समाजवादीले ४१ हजार ८ सय ९६ मत पाएको छ ।