मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । २२ मंसिर, २०७९ ।

काठमाडौँ । टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिला तामाङको काठ,माडौँ महानगरले रोजीरोटी खोसेपछि अहिले बिषयले मेयर बालेन साहको चौतर्फी आलोच!ना भइरहेको छ ।

शर्मिला तामाङको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ । गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाका आँसु रोकिएका छैन, उनको अवस्था देख्ने जोकोहीको पनि आँखा रसाएका छन् ।

झण्डै २ वर्ष देखी सड,कमा व्यापार गर्दै आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिनादेखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक मात्रै सहारा थियो, महानगरले धुलीसाँध बनाएको उनको ठेला ।

शर्मिला,का अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन् । स्वास्थ्य अवस्थामा ठिकै भइदिए त उनका श्रीमान् दिलीप पुनः घर घरमा रगं लगाउन गएर घरको खर्च टार्थे होला तर अहिलेको अवस्थामा अब कसरी घरको खर्च टर्छ भन्ने प्रश्नको जवाफ शर्मिलासँग छैन ।

हुन त महानगरसँग उनको जम्काभेट पहिला पहिला पनि हुने गरेको थियो तर यसरी ठेला नै उठाएर लगेको हिजो नै पहिलो पटक हो । हिजोको दिनलाई सम्झिँदा पनि शर्मिलाका आँखा रसाउँछन् । घाँटीमा गाँठो पर्छ वाक्य फुट्दैन ।

महानगरका प्रतिनिधि आउँदै छन् भन्ने थाहा भइदिएको भए आ,फूले हिजो ठेला नै निकाल्ने थिइन भन्छिन् शर्मिला ।

हिजो उनी छिट्टै नै ठेला थन्का,एर श्रीमानलाई अस्पताल लाने तयारीमा थिइन रे । परिस्थिति केही असहज भएपछि उनी त्यही अड्किइन अचानक महानगरको टोली आयो उनको ठेलाका सामान लछार पछार पर्‍यो ठेलालाई गाडीमा हाल्यो ।

रोजी रोटीको बाटो खोसिन थालेपछि ठेलालाई नै अँगालो हाल्दै शर्मिला पनि महानगरको गाडीमा उक्लिन, ठेला टेकु पुर्‍याइयो । ठेला छाडिइदिनका लागि उनले हार गुहार गरिन् । राई कराई गरिन् तर उनको आवाज सुनिदिने र दुःख बुझिदिने कोही थिइन् ।

अन्ततः उनको ठेलामा महानगरको डोजर चल्यो । उनले त्यो दृश्य लाचार भएर हेर्न बाहेक केही गर्न सकिनन्। महानगरले आफ्नो पेटमा लात हान्दा पनि महानगर मेयर बालेन शाहप्रति उनको केही गुनासो छैन ।

उ,नको सन्देश छ-, ‘यसमा मेरो भन्नु केही छैन । बरु खै कुन चाहिँ बिरामीलाई मेयर बालेनले निः शुल्क उपचार गराइदिएको थियो रे । यसका लागि उहाँलाई धन्यवाद ।’

उनलाई आशा छ, परिआएको खण्ड मेयर शाहले उनको पनि निः शुल्क उपचार गरिदिने छन् । तर उनी अब फेरी सडकमा व्यापार गर्न जाने आँट र पुजी आफूसँग बाँकी नभएको बताउँछिन् ।

मेयरले शहरको लागि राम्रै गरेको तर गरिब जन,ताको लागि भने ठिक नगरेको उनको बुझाई छ । शर्मिला आफूलाई जस्तो बज्रपात अरू कसैलाई नहोस् भन्ने कामना गर्छिन् ।

रंगशालामा यू–१८ अन्तर्राष्ट्रिय रग्बी

काठमाडौँ — ‍एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबार सुरु हुँदै छ । दुईदिने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, यूएई, बंगलादेश, भारत, चाइनिज ताइपेई र मलेसियाले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा नेपाल, भारत, यूएई, मलेसिया र थाइल्यान्डले राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुन: उपाधिका लागि भिड्नेछन् ।

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीले एक्सपोजर पाउनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङले बताए ।

रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोड बढी बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए । उनका अनुसार बाँकी रकम एसिया रग्बीले बेहोर्ने छ ।

नेपाली टोलीको सम्पूर्ण खेल पोसाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यबाहक अध्यक्ष देवकोटालाई पोसाक हस्तान्तरण गरे ।

नेपाली टोली पनि सार्वजनिक गरिएको छ । पुरुषमा रोहन डंगोल (कप्तान), मनीष हिमाङ (उप कप्तान), विकास कार्की, मोसेस सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीनबहादुर मगर, विराश रेग्मी, सन्दीपकुमार राई, एएमपी चौधरी, अबी राई र प्रसेस पनेरु छन् ।

महिलामा मनीषा घिसिङ (कप्तान), सुजा राई (उपकप्तान), विदिषा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बलामपाखी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन छन् ।


Last Updated on: December 8th, 2022 at 11:28 am


२६६२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया