
डीएनए म्याचपछि निहारिका भन्छिन्- बच्चालाई आफ्नै नाम दिन्छु, नाता कायम स्वीकार्दिनँ
जनकपुर उच्च अदालतले २५ गतेलाई तोक्यो पेशी
प्रकाशित मिति । २० कार्तिक, २०७९ ।
काठमाडौं । लामो समयदेखि न्यायको मागस,हित संघर्षरत निहारिका राजपूतले राहतको लामो सास फेरेकी छन्, जब उनको बच्चा र आरोपीको डीएनए म्याच भएको रिपोर्ट सार्वजनिक भयो । तर, अझै पनि उनले उठाएको मुल मुद्दा भने बाँकी नै छ ।
निहारिकाले प्रधानमन्त्री निवास बालुवाटारअघि आ,फ्नो सल फ्याँक्दै प्रदर्शन गरेको केही घण्टाभित्रै जनकपुर उच्च अदालतमा पुगेको डीएनए रिपोर्टको नतिजा सार्वजनिक भएको थियो । अनि, त्यही दिन उच्च अदालतले निहारिकाको मुद्दाको पेशी आगामी २५ गतेका लागि तोकेको छ । पेशी तोक्न ढिलाइ भएकोमा पनि निहारिकाले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् ।
निहारिकाको बच्चा र आरोपीको डिएनए म्याच हुनु भनेको उ,नीहरु बाबु-छोरा भएको नाता प्रमाणित हुनु हो । आरोपी शिवराजले निहारिकाले जन्माएको बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । डीएनए रिपोर्टले उनको दाबी गलत र निहारिकाको दाबी सही ठहरिएको छ । तर, निहारिकाले भनेजस्तै यो रिपोर्टले शिवराजलाई ‘बलात्कारी’ ठहर भने गर्दैन । त्यसको निरोपण उच्च अदालतले गर्नुपर्ने हुन्छ ।
निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मि,एको भन्दै शिवराजविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, अदालतले बलात्कार नभएको निस्कर्ष निकाल्दै शिवराजलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी हुन् । यदि जिल्ला अदालतको फैसलालाई नै सदर गरेर उच्च अदालतले फैसला सुनायो भने शिवराजले सजायबाट उन्मुक्ति पाउनेछन् ।
निहारिकाले भनेजस्तो बलात्कार ठहर्याउनका लागि अदालत,लाई डीएनए रिपोर्ट मात्रै पर्याप्त हुँदैन । अन्य प्रमाणहरुले सपोर्ट गर्नुपर्छ । अदालतले बलात्कार नठहर्याएर डीएनए रिपोर्टको आधारमा नाता प्रमाणित गरिदिन सक्छ । नेपालको कानूनअनुसार यदि कुनै पनि महिला र पुरुषले. सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएमा स्वतः उनीहरू श्रीमान्-श्रीमती हुन्छन् ।
तर, निहारिका भने कुनै पनि हालतमा शिवराजले सजा,य पाउनुपर्ने अडानमा छिन् । उनले श्रीमान्-श्रीमतीका रूपमा नाता प्रमाणित गर्न वा शिवराजबाट अंश पाउनका लागि आफूले मुद्दा नहालेको बताइन् ।
उनले नेपाल प्रेससँग भनिन्, ‘यो बलात्का,रको मुद्दा हो, त्यसैले डीएनए म्याच भइसकेपछि अपराधीलाई सजाय हुनुपर्छ । न मलाई उसको श्रीमती भएर बस्न मञ्जुर छ, न उसको एक रूपैयाँ अंश मलाई चाहिन्छ ।’
उनले आफूबाट जन्मेको बच्चालाई आफ्नै नाम दिनका लागि अर्को संघर्ष गर्ने पनि बताइन् ।
‘सुरुमा मेरो लडाइँ भनेको अपराधी,लाई सजाय दिलाउनका लागि हो । त्यो पूरा भइसकेपछि म आफ्नो बच्चाको हक-अधिकारका लागि संघर्ष गर्छु । बच्चालाई आफ्नो नाम दिलाएर छोड्नेछु,’ उनले भनिन् ।
निहारिकाका अनुसार डीएनए म्याचपछि शिवराजको परिवा,रले उनलाई विवाह गरेर बुहारीका रूपमा घरमा भित्र्याउने हल्ला चलाइरहेका छन् । तर, आफू कुनै पनि हालतमा बुहारी बनेर ‘बलात्कारी’ को घरमा नजाने उनले बताइन् ।
लामो दूरीमा बिजुली गाडी
राजमार्ग जोड्ने मुख्य सहरमा ५१ वटा चार्जिङ स्टेसन निर्माणाधीन छन् भने एक वर्षयता निजी क्षेत्रबाट २६ स्टेसन सञ्चालनमा आइसकेका छन्
काठमाडौं — साझा यातायातले असारयता मात्रै उपत्यकामा तीनवटा विद्युतीय बस सञ्चालनमा ल्यायो । थप ३७ विद्युतीय बस केही महिनाभित्रै सञ्चालनमा आउने साझाको तयारी छ । उपत्यकामा सुन्दर यातायातले वपन ९ वटा बस सञ्चालन गर्छ । लामो रुटमा पनि विद्युतीय सवारीको संख्या बढिरहेको छ । पाँच महिनायता सुन्दर यातायातकै २ वटा विद्युतीय बस काठमाडौं–जनकपुर रुटमा चलिरहेका छन् । काठमाडौंदेखि बर्दिबास, मरिण खोला, सिन्धुली, जनकपुरलगायत अरू लामा रुटमा समेत विद्युतीय सवारी सञ्चालनमा छन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै सय किलोवाटसम्मका ६ सय ८६ कार, जिप, भ्यानलगायत विद्युतीय सवारी आयात भएको छ । यस्तै, सय किलोवाटभन्दा माथिका १९ कार, जिप, भ्यान भित्रिएका छन् भने २ हजार ३ सय ९३ तीनपांग्रे विद्युतीय सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष सय किलोवाटसम्मका ९ सय ९६ वटा, सय किलोवाट माथिका ८ सय ११ र तीनपांग्रे ६ हजार ४ सय ५ वटा आयात भएका थिए । यस्तै, २०७७/७८ मा सय किलोवाटसम्मका १ सय ४५, सय किलोवाटमाथिका १०४ र तीनपांग्रे सवारी एक हजार ९ सय ४३ वटा भित्रिएका विभागको तथ्यांक छ ।
विद्युतीय सवारीका लागि लक्षित गरी २०७८ जेठबाट राजमार्ग जोड्ने मुख्य–मुख्य सहरमा ५१ वटा चार्जिङ स्टेसन निर्माणको काम जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार्जर राख्ने, ट्रान्सफर्मर, विद्युत्को लाइन तान्न ३७ करोड लागत छुट्याइएको छ । एक वर्षयता निजी क्षेत्रबाट पनि २६ वटा चार्जिङ स्टेसन निर्माण भइसकेका छन् । तिनमा पनि ट्रान्सफर्मरलगायत संरचना निर्माणमा प्राधिकरणले सघाएको छ ।
डिजेलको तुलनामा विद्युतीय सवारी चलाउन सजिलो हुने काठमाडौंदेखि बर्दिबास रुटका माइक्रोबस चालक गोपाल पौडेलको अनुभव छ । ‘डिजेल गाडीमा गियर हानिरहनुपर्थ्यो, यसमा पर्दैन,’ उनले भने, ‘विद्युतीय सवारी चलाउन निकै सजिलो छ, न आवाज आउँछ न त धूवाँ नै फ्याँक्छ ।’ २५ वर्षदेखि सवारी चलाउँदै आएका पौडेलले विद्युतीय बस चलाउन थालेको तीन महिना मात्र भयो ।
बर्दिबासमा फुल चार्ज गरेर निस्केका उनी नेपाल थोकमा आएर पुनः चार्ज गर्छन् । त्यसपछि काठमाडौंमा यात्रु झारेर पुनः नेपाल थोक पुगेर चार्ज गर्छन् । सिन्धुली र खुर्कोटमा सरकारी चार्जिङ स्टेसन छन् भने बर्दिबासमा निजी चार्जिङ स्टेसन छ । सरकारी चार्जिङ स्टेसनमा प्रतियुनिट १० रुपैयाँ र निजीमा १५ रुपैयाँ शुल्क रहेको उनले जानकारी दिए ।
पाँच महिनादेखि काठमाडौं–जनकपुर चल्ने सुन्दरका गाडी तिहारयता भने चल्न सकेका छैनन् । चालकहरू बिदामा रहेकाले गाडी नचलाइएको कम्पनीले जनाएको छ । सुन्दरका अध्यक्ष भेष थापाका अनुसार धुम्बाराहीमा फुल चार्ज गरेर निस्किएको बस नेपालथोक पुग्छ । त्यहाँ २० प्रतिशत चार्ज गरेर ढल्केबर पुगिन्छ । ढल्केबरमा २५ प्रतिशत चार्ज गरेर जनकपुर पुग्छ । फर्कंदा जनकपुरमा फुल चार्ज गरेर हिँडेपछि नेपालथोकमै आएर १५ प्रतिशत चार्ज गरेपछि धुम्बाराही आइपुगिने उनले बताए ।
बुटवल–रूपन्देही आन्तरिक रुटमा समेत सुन्दरका ४ वटा बस सञ्चालनमा छन् । काठमाडौंदेखि चितवन, बर्दिबास, सिन्धुली, जनकपुर, चरिकोटमा विद्युतीय सवारी सञ्चालनमा भइरहेको दिगोका सिनियर सेल्स अफिसर विजय पनेरुले बताए । ‘नेपालगन्ज र महेन्द्रनगरभित्र पनि सवारी चल्छ,’ उनले भने, ‘पोखराका लागि समेत बुकिङ आइसकेको छ । तर हामीसँग अहिले गाडी नै छैन ।’ उनका अनुसार काठमाडौं–चितवन एउटा, काठमाडौंदेखि बर्दिबास, सिन्धुली, जनकपुर रुटमा ५० भन्दा बढी, नेपालगन्ज–बर्दिया रुटमा ५, महेन्द्रनगर–सुर्खेत रुटमा २ र काठमाडौं–चरिकोट रुटमा २ वटा विद्युतीय गाडी सञ्चालनमा छन् ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित बीपी राजमार्गछेउमै चार्जिङ स्टेसन सञ्चालन गरिरहेका रामहरि पौडेल प्रतिदिन ३० वटा गाडी चार्ज हुने उनी बताउँछन् । स्टेसनमा एक पटकमा ६ वटासम्म गाडी चार्ज गर्न सकिन्छ । बत्तीको विकल्पमा जेनेरेटर पनि जडान गरिएको छ । उक्त रुटमा ७० वटाभन्दा धेरै विद्युतीय गाडी चल्ने उनको आकलन छ ।
प्राधिकरणले बिजुलीका लागि चार्जिङ स्टेसननजिकै ट्रान्सफर्मरलगायत संरचना राखिदिएर सहयोग गरेको उनले बताए । लामो दूरीमा चार्जिङ स्टेसन सीमित भए पनि कतिपय स्थानमा ‘होम चार्जर’ को सुविधा रहेको चालकहरू सुनाउँछन् । सुन्दरका काठमाडौं–जनकपुर रुटका चालक राजकुमार नेपालीका अनुसार विद्युतीय बसमा फ्युज जानेलगायत समस्या कहिलेकाहीँ देखिन्छ ।
‘समस्या आए कम्पनीमा फोन गरेपछि इन्जिनियरसँग सम्पर्क गराइदिन्छन् । त्यसपछि उनीहरूले भनेअनुसार नै मर्मत गर्छौं,’ उनले भने, ‘त्योभन्दा ठूला समस्या देखिएका छैनन् ।’ पेट्रोल, डिजेल गाडीको जस्तो जुनसुकै ठाउँमा वर्कसप नभए पनि कम्पनीमार्फत नै मर्मत हुने उनले बताए ।
सरकारले विद्युतीय सवारी आयातमा सय किलोवाटसम्मका लागि अन्तःशुल्क छुट दिएको छ । सय किलोवाटसम्मको विद्युतीय सवारी आयात गर्दा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट मात्रै तिर्नुपर्छ । सरकारले बजेटमा विद्युतीय सवारीमा १ सय २० प्रतिशतसम्म कर लाग्ने व्यवस्था गरेको छ । जसअनुसार पिकआवर १ सयदेखि २ सय किलोवाटसम्मका विद्युतीय सवारीसाधनमा ३०, २ सयदेखि ३ सय किलोवाटसम्ममा ४५ र ३ सय किलोवाटभन्दा बढी पिकआवर भएकामा ६० प्रतिशत अन्तःशुल्क तोकिएको छ ।
ती सवारीमा त्यति नै दरमा भन्सार महसुल पनि लगाइएको छ । यसअघि विद्युतीय सवारीमा अन्तःशुल्क थिएन । पिकपावर १०० किलोवाटदेखि २०० सम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार महसुल थियो । यस्तै, २०० देखि ३०० किलोवाटमा ३० प्रतिशत, ३०० किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा ४० प्रतिशत भन्सार दर थियो ।