मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


बालेनलाइ चारैतिरबाट घेराबन्दी गरेपछि १० वटा डोजर लिएर अघि बढे, हेर्नुस प्रहरी र आर्मीको साथ् बस्तीमा यसरी छिर्दै

प्रकाशित मिति । २० मंसिर, २०७९ ।

काठमाडौँ |धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । ति प्रश्नको जवाफ फर्काउने क्रममा बालेनका अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेको बेलामा हर्क साम्पाङ बालेनको पक्षमा देखिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’ हेर्नुस –

फिल्म त्यही नामको शीर्षकमा प्रकाशित उपन्यासमा आधारित थियो, जसको लेखक थिए मारियो पुजो । यो पुस्तक पाठकहरूले एकदमै रुचाएका थिए र यसको लगभग ३ करोड प्रति बिक्री भएर त्यसबेलासम्मको सर्वाधिक बिक्री हुने पुस्तक बनेको समाचार उसबेला आएको थियो । सन् १९६९ मा छापिएर नाम कमाएको यस पुस्तकलाई मैले भने धेरै पछिसम्म पढ्न पाएको थिइनँ वा पढेको थिइनँ । साना अक्षरमा छापिएको यसको पेपरब्याक संस्करण मैले सन् १९८१ को सेप्टेम्बर महिनाको कुनै दिन नयाँदिल्लीमा किनेको रहेछु । किताबमा परेको मेरो हस्ताक्षर र तारिखबाट त्यही थाहा हुन्छ ।

दिल्ली जान पाएको बखत म सधैं कनाटप्लेसमा जनपथ नेरको फुटपाथमा सस्तो मोलका किताब किन्ने मौका छोप्थें । त्यहींबाट किनेर ल्याएको मारियो पुजोको बहुचर्चित ‘द गडफादर’ छापिएको यतिका वर्षपछि ढिलै भए पनि मैले पढें । त्यो उपन्यास अपराध जगत्को कथा हो र त्यसको पहिलो पानामै फ्रान्सेली लेखक बाल्जाकको ‘बिहाइन्ड एभ्री ग्रेट फर्चुन दियर इज क्राइम’ भन्ने उक्ति उद्धृत छ, जसबाट पुस्तकले उद्घाटित गर्न लागेको कथ्यबारे संकेत मिल्छ ।

नभन्दै, पुस्तकमा आर्थिक सम्पन्नता, राजनीतिक प्रभाव र सामाजिक दबदबा अपराधको माखेसाङ्लोसित छुट्याउन नसकिने गरी जेलिएको हुन्छ भन्ने तथ्यलाई देखाइएको छ, भिटो कोर्लियोन परिवारलाई नमुनाका रूपमा अघि सारेर । कतिले त्यस किताबले पुँजीवादको चरम अवस्थाबाट सृजित विकृतिलाई प्रस्तुत गरेको भनेर पनि व्याख्या गरेका छन् । त्यो किताब पढेपछि फेरि एकपटक त्यसको फिल्मी रूपान्तरण हेर्ने तिर्खा नयाँ शिराबाट मेरो मनमा जागृत भयो ।

आखिर मैले त्यो फिल्म हेरिकन छाडें सन् १९८० को दशकको मध्यतिर, तर भिडियोमा । काठमाडौंका सिनेमाहलमा हलिउडका फिल्म हेर्न सम्भव नभएको कुरा अघिबाटै उल्लेख भइसक्यो । सिनेमा हलको ठूलो पर्दामा फिल्म हेर्नु र त्यही फिल्म भिडियोमा हेर्नु उस्तै कुरा होइन । ठूलो पर्दाका धेरै गुणहरू भिडियोमा विलीन हुन्छन् । त्यति हुँदाहुँदै पनि मेरो मनमा गहिरो छाप छाड्नबाट त्यो फिल्म चुकेन ।

मारियो पुजो

किताबको कथालाई फिल्ममा हुबहु उतार्नु चुनौतीपूर्ण कार्य हो । किताबका कति कुरा फिल्ममा हराएका हुन्छन्, कि त केही थपथाप पारिएका हुन्छन् । तर, यस फिल्ममा बडो खुबीका साथ उतारिएको छ किताबको प्रसंग र प्रकरणलाई । मूल किताबमा त नारी यौनांगको वर्णनमै एउटा सिंगो अध्याय खर्चिइएको छ र त्यो स्वाभाविक पनि प्रतीत हुन्छ पढ्दाखेरि । तर, फिल्ममा भने त्यस्ता धेरै उपकथाहरूको प्रसंगमाथि रन्दा चलाइएको छ, तापनि महत्त्वको कुनै प्रसंग छुट्न गएको महसुस हुँदैन ।

पटकथाको यही खुबीले दर्शकको ध्यानलाई एकोहोरो तानिरहन्छ फिल्मले सुरुवातदेखि अन्त्यसम्मै । लेखक मारियो पुजोले एउटा पठनीय आख्यान त लेखे लेखे, निर्देशक कोपोलासित मिलेर यसको जोडदार पटकथा पनि लेखेर देखाए । सर्वोत्कृष्ट पटकथा लेखनमा उनले र कोपोलाले संयुक्त ओस्कार पुरस्कार पाएबाटै यो कुरा प्रमाणित हुन्छ ।

फोटोग्राफीको आफ्नै लयकारी छ । कतिपय दृश्यहरू सामान्य दर्शकलाई अँध्यारो पनि लाग्न सक्छ । तर, छाया र प्रकाशसित खेलेर पात्रहरूको मनोभाव तथा प्रत्येक दृश्यलाई प्रभावोत्पादक ढंगले पर्दामा उतार्ने काम गरेको छ फोटोग्राफीले, त्यो पनि कुनै कलाबाजी नदेखाई । फिल्मका लागि इटालीका नोना रोटाद्वारा रचित संगीतले एउटा मानक नै खडा गरेको छ ।

फिल्मको शीर्षक–संगीत त एक प्रकारले विश्वव्यापी ‘राष्ट्रगान’ सरह नै बन्यो । त्यसअघि फिल्मको यतिविघ्न लोकप्रिय शीर्षक–संगीत ‘डाक्टर जिभागो’ (सन् १९६५) बाहेक अर्को फिल्मले दिन सकेको थिएन । ‘द गडफादर’ को यो शीर्षक–संगीतलाई आज पनि विश्वका प्रख्यात फिलहार्मोनिक सिम्फोनी आर्केस्ट्राहरू त्यसरी नै प्रस्तुत गर्छन्, जसरी मोत्जार्ट वा विथोविनको सिम्फोनी । सडक–संगीतकारहरू पनि संगीतको यस धुनलाई मस्तसित बजाइरहेका हुन्छन् युरोपेली सहरमा पार्क वा बाटाघाटामा ।

सडक–संगीतसित यस धुनको सम्बन्धबारे एउटा रोचक प्रसंग छ । गएको मे महिनामा इटालीको ट्रेन्टो माउन्टेन फिल्म फेस्टिभलमा भाग लिन गएका थियौं म र फिल्मनिर्देशक मेरा मित्र केसाङ छेतेन । ट्रेन्टो नगरको एउटा डबली छेउको क्याफेमा कफी कुरिरहँदा डबली नजिकै बसेर एक सडक–संगीतकारले भ्वायलिनबाट रमाइलो धुन बजाइरहेको थियो । मैले उसको नजिक गएर ‘द गडफादर’ को शीर्षक–संगीत बजाउन अनुरोध गरें ।

यस्तो अनुरोध मैले दुई–चार अरू ठाउँमा पनि गरेको छु, रमाइलोका लागि र साथै त्यस धुनको सर्वव्यापकता जाँच्ने मनसायले । तर, ट्रेन्टोको त्यो संगीतकार मेरो अनुरोधबाट अलमल्ल पर्‍यो, उसले बुझेन मैले भनेको । बाटो हिँडिरहेको एक जना इटालियन सज्जनले ‘एल पाद्रिनो’ भनेर बुझाएपछि ‘एल पाद्रिनो ? सी सी’ भन्दै आफ्नो भ्वायलिनमा तत्काल उसले त्यो धुन उत्साहका साथ हाम्रा आँखामा आँखा जुधाउँदै बजाएर सुनायो । ‘द गडफादर’ को इटालियन रूपान्तर थियो ‘एल पाद्रिनो’ । यो सानो घटना ‍यस संगीतको सर्वजनीन र सर्वव्यापक साथै यसको चिरन्तन गुण प्रकट गर्ने केवल एउटा उदाहरण हो ।

फिल्मका पात्रहरूको भूमिका निर्वाह गर्ने कलाकारहरूको जीवन्त र पत्यारिलो काम हेर्दा लाग्छ, उनीहरूको जन्म नै तिनै पात्रको भूमिका खेल्नलाई भएको थियो । कसैको कामलाई खोट लगाउने ठाउँ पाइँदैन । आफ्नो वास्तविक उमेरभन्दा बूढो भिटो कोरलियोनको भूमिका निर्वाह गर्ने मार्लोन ब्रान्डोको अभिनय त बेजोड छँदैछ, तर अरू कुनै पनि पात्रको भूमिकामा खेल्ने कलाकारहरूको अभिनय किञ्चित् कम छैन ।

सनि कोर्लियोन भएर खेल्ने जेम्स कान, टम हागन हुने रबर्ट दुभाल वा माइकल कोर्लियोनको भूमिका खेल्ने अल प्याचिनो सबै उत्तिकै हकदार देखिन्छन् बेस्ट एक्टर पुरस्कारको । पात्र अनुसारको कलाकार छनोट गर्नु र तिनीहरूबाट कथाले मागे अनुसारको काम लिन सक्नु अब्बल दर्जाका निर्देशकको प्रतिभाको वैशिष्ट्य हो । ‘द गडफादर’ सफल साबित भएपछि हलिउडमा कोपोलाले आफ्नो सिक्का जमाए ।

कुनै पुस्तकमा आधारित फिल्म हेरिसकेपछि मूल पुस्तकलाई सितिमिति फेरि कसैले दोहोर्‍याएर पढ्दैन । तर, मैले भने फिल्म हेरिसकेपछि झनै ‘द गडफादर’ पुस्तकलाई दोहोर्‍याई तेहर्‍याई पढेको छु । कुनै सन्दर्भवश त्यसका छोटाछोटा अंश पढ्नलाई त्यो पुस्तक कैयन् पटक पल्टाएको छु । कतिपय अवसरमा फिल्मको सन्दर्भलाई अझ‍ गहिरोसित बुझ्न पनि मैले त्यसो गरेको छु ।

यसरी घरीघरी र्‍याकबाट झिक्दै पढ्नलाई मैले सन् १९८१ मा किनेको पेपरब्याकको अक्षर अब मेरा आँखाका लागि धेरै सानो भइसकेको हुनाले ठूला अक्षरमा छापिएको मोटो किताबको खोजीमा लागें । इच्छा गरेअनुसारको हार्डबाउन्ड पुस्तक त फेला परेन । तर, पहिलेको तुलनामा डेढी पृष्ठ संख्या र निकै ठूला अक्षरमा छापिएको किताब पाएँ थापाथलीको एकता बुक्समा । त्यो मैले खरिद गरें जनवरी २०१५ को कुनै एक दिन । ठूलो साइजको फन्ट भएको ‘द गडफादर’ को यो दोस्रो प्रति मैले जानेर बेलैमा किनेछु ।

किनभने सन् २०१५ मा विनाशकारी भूकम्प गएपछिको समयमा यो किताब मेरा लागि खुब उपयोगी साबित भयो, खासगरी मे ११ को दोस्रो ठूलो धक्कापछिको बेलामा । बारम्बार परकम्पहरू आइराखेका थिए, बाहिर कतै निस्कनु खतरा निम्त्याउनु थियो । धक्काले आफ्नै घर भत्किएला वा छिमेकका अग्ला घरहरू ढलेर तिनको थिचाइमा पो परिएला कि भन्ने संत्रास थियो । त्यसैले आफ्नो बास धेरैजसो घरभित्र भन्दा बाहिरको अस्थायी टहरामा हुन्थ्यो ।

अनिश्चिय र अत्यास भरिएको त्यस असमान्य वातावरणमा भय विरेचनको माध्यम बन्यो मेरा लागि यो किताब । उता परकम्पका झट्का गइरहेछ, यता म डन भिटो र माइकल कोर्लियोनका कथा पढिरहेछु । बडो ठूलो सहारा मिलेको थियो विचलित मनलाई सन्तुलित राख्न यस किताबबाट ।

बितेका पचास वर्षमा ‘द गडफादर’ फिल्मसित जोडिएका अनेक कथाकहानी बाहिर आएका छन् । झन् यसले पाँच दशक पूरा गरेको अवसरमा त्यसको निर्माणसित सम्बन्धित नयाँनयाँ कुरा पनि उद्घाटित भएका छन् । त्यसका अन्तरकथा पनि निकै रोचक छन् ।

‘द गडफादर’ किताबको लोकप्रियता देखेर हलिउडको ठूलो फिल्म निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले फिल्म बनाउने अधिकार खरिद गरेको थियो लेखक मारियो पुजोबाट । किताबको लोकप्रियताको फाइदा उठाउँदै त्यसमा आधारित फिल्म सकेसम्म छिटो बनाउन चाहन्थ्यो प्यारामाउन्ट पिक्चर्स । फिल्मको निर्देशन गर्न सक्ने व्यक्तिको खोजी सुरु भयो । कम्पनीले पहिले सेर्जो लियोनलाई अनुरोध गर्‍यो । क्लिन्ट इस्टउडद्वारा अभिनित ‘स्पाघेट्टी वेस्टर्न’ भनेर चिनिने फिल्म शृंखलाको सफलताका कारण सेर्जोको नाम उचाइमा थियो । सेर्जोले नमानेपछि आर्थर पेन, कोस्टा ग्राभास, एलिया कजानजस्ता नामुद निर्देशकहरूलाई पनि कम्पनीबाट प्रस्ताव गरियो ।

तर, ती सबैबाट इन्कारी आयो । निर्देशकको जागिर फ्रान्सिस फोर्ड कोपोलाको पोल्टामा आयो आखिरमा । ठीकठीकै चलेको जम्माजम्मी एउटा फिल्मको निर्देशन गरेको रेकर्ड थियो तिनको । उमेर थियो केवल उनन्तीस वर्ष । उनले निर्देशकको काम पाउने सबभन्दा बलियो आधार अरू थोकभन्दा पनि उनी इटालियन मूलको हुनु थियो । किनभने ‘द गडफादर’ इटालियन माफियाको कहानी थियो । बेरोजगार जस्तै अवस्थामा बसेका युवा कोपोलाले निर्देशकको जागिर के पाए उनको संघर्षका दिन सुरु भए ।

हरेक कुरामा प्यारामाउन्ट पिक्चर्स कम्पनीका हाकिमहरूसित उनको घच्ची पर्थ्यो । कोपोला गडफादरको भूमिकामा मार्लोन ब्रान्डोलाई लिन चाहन्थे, कम्पनीका हाकिमहरू लरेन्स ओलिभियर, एन्थोनी क्विन, जर्ज स्कट वा ओर्सन वेल्सको नाम प्रस्ताव गर्थे । माइकल कोर्लियोनको भूमिकामा कोपोलाले अल प्याचिनोको नाम अघि सारेकामा हाकिमहरू यो मानिस को हो भन्थे । हुन पनि उसबेलासम्म न्युयोर्कको थिएटरमा काम गर्दै गरेका अल प्याचिनोलाई कसैले चिन्दैन थिए ।

हाकिमहरू त्यस भूमिकाका लागि रबर्ट रेडफोर्ड, रायन ओ’नील, वारेन बेट्टी, डस्टिन हफमानको नाउँ सुझाउँथे । कम्पनी आफ्नो लगानी नडुबोस् भनेर बजारमा बलियो साख भएका अभिनेताहरूलाई फिल्ममा खेलाउन चाहन्थ्यो, जो स्वाभाविक थियो । ‘स्टुडियो सिस्टम’ जसलाई भनिन्छ, त्यसमा यस्तै हुन्छ । निर्देशक वा कलाकारहरू कम्पनीले करारमा नियुक्त गरेका कर्मचारीसरह हुन्छन् । हैकम कम्पनीको चल्छ । कोपोला दोस्रो विश्वयुद्ध अन्त्यपछिको दशकको पृष्ठभूमिमा फिल्म बनाउन चाहन्थे ।

किताबमा वर्णित समय त्यही नै थियो । कम्पनीका हाकिमहरू भने सन् १९७० को दशकको सुरुवाती समय देखाउने फिल्म हुनुपर्छ भन्थे । पुरानो समय देखाउने फिल्म बनाउँदा खर्च बढी हुन्थ्यो । कोपोला फिल्मको सुटिङ न्युयोर्क र सिसिलीमा गर्न चाहन्थे, हाकिमहरू सिसिलीको सुटिङ अमेरिकाकै कुनै राज्यमा र न्युयोर्क देखाउने सुटिङ हलिउडको स्टुडियोमै गरेर सिध्याउनुपर्छ भन्थे, खर्च कटाउन ।

अनेक अड्चनका बावजुद कोपोलाले आफ्ना कुरा मनाएर छाडे । कसरी मनाए भन्ने कुराको कथा छुट्टै छ । तर, न्युयोर्कमा सुटिङ के थालियो अर्को अनपेक्षित बखेडा आइपर्‍यो । हामीलाई अपराधी माफिया भनी देखाउने भनेर इटालियन अमेरिकनहरूले न्युयोर्कमा विरोध जुलुसहरू निकालेको निकालेकै गरे । जसरी दीपा मेहताले ‘वाटर’ फिल्मको सुटिङ बनारसमा गर्न लाग्दा त्यसको विरोधमा हिंसात्मक प्रदर्शनहरू भएका थिए । प्रदर्शनकारी संस्थाका नेतालाई फिल्मको पटकथा देखाएर ‘माफिया’ वा ‘कोसा नोस्ट्रा’ जस्ता माफियालाई इंगित गर्ने वाक्यांश नराख्ने सर्तमा सफाइ लिएपछि बल्ल सुटिङ हुन पायो ।

तर, फेरि कोपोलाले राम्रो काम गर्न सकेन, फिल्मको फुटेज मात्रै बर्बाद गरिरहेको छ भन्ने चम्चाहरूको झोसपोलका कारण उनको जागिर कुनै पनि बेला खुस्किने अवस्था सृजना भयो । कुनै पनि बेला निर्देशकको पद गुमाउनुपर्ने खतरा कोपोलाको टाउकामाथि डेमोक्लसको तरबारझैं झुन्डिरह्यो । सुटिङको फुटेज प्रत्येक दिन हाकिमहरूकहाँ सहमति र स्वीकृतिका लागि पठाउनुपर्थ्यो । तर, एउटा समय आयो जतिबेला कोपोलालाई कम्पनीले नहटाउने कुरा पक्का भयो । तर, यतिन्जेलमा फिल्म निर्माणको बजेट तीन गुणा बढिसकेको थियो र सन् १९७१ भित्रै रिलिज गर्ने कुरा पनि असम्भव बनिसकेको थियो ।

अन्ततोगत्वा कुनै यत्नले फिल्म बनेर पूरा भयो । फेरि झमेला उठ्यो फिल्मको लम्बाइउपर । कम्पनीको दृष्टिमा फिल्म चाहिएभन्दा धेरै लामो भएको थियो । आखिर दुई घण्टा ५५ मिनेटमा ठेगान लाग्यो । त्यो लम्बाइ आफैं असामान्य थियो हलिउड फिल्मका लागि । अनि बल्ल रिलिज भयो फिल्म सन् १९७२ को मार्च महिनामा । बाँकी जे भयो त्यो इतिहास बनिसकेको छ । ‘द गडफादर’ को सफलताको लहरलाई उपयोग गर्दै प्यारामाउन्टले दुई वर्षमै ‘द गडफादर’ को दोस्रो भाग बनायो, जो पहिलो जत्तिकै (कसैकसैको भनाइमा पहिलोभन्दा बढ्ता) हिट भयो । कालान्तरमा यसको तेस्रो भागको पनि निर्माण भयो । यी तीनै फिल्मको निर्देशन अरूले नभई फ्रान्सिस फोर्ड कोपोलाले नै गरे । यो चर्चाको छुट्टै विषय बन्न सक्छ ।

अनेक प्रतिकूलता झेल्दै कोपोलाले जसरी यो फिल्म बनाए र जुन सफलताको स्वाद उनले चाख्न पाए त्यो हेर्दा प्रतिकूलतामै सफलता निहित हुन्छ भन्ने उक्ति याद आउँछ । नित्सेले पनि भनेका थिए ‘भित्तामै द्वार खोज’ । कोपोलाले भित्तामा नै द्वार खोजेर देखाए ।

‘द गडफादर’ किताब र फिल्म दुवै नै अति प्रिय छन् मेरानिम्ति । यस्तै कृतिहरू अधिकारी हुन्छन् ‘कालजयी’ वा ‘मास्टरपिस’ जस्ता विशेषणका । कुनै बेला मुड चलेका बेला किताबको कुनै खण्ड पल्टाएर पढ्छु अकारण । मलाई घतलाग्दा लाग्ने फिल्मका दृश्यहरू हेर्छु इन्टरनेट र युट्युब प्रविधिले उपलब्ध गराएको सुविधा उपयोग गर्दै बेलाबखत । ‘डाइमन्ड्स आर फर एभर’ भन्ने अंग्रेजी उक्ति छ । ‘द गडफादर’ फिल्म पनि असली हीराको कोटीमा पर्छ, जसको चमक पचास वर्षपछि पनि किञ्चित् घटेको छैन र सायद कहिल्यै घट्ने छैन । फिल्म होस् त हीराझैं ‘द गडफादर’ जस्तो !

(लेखक काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का आयोजनाकर्ता हुन्)


Last Updated on: December 6th, 2022 at 1:21 pm


६०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया