सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १८ मंसिर, २०७९ ।

काठमाडौ । डोजर लिएर सुकुम्बासी बस्ती हटाउन गएको काठमाडौ महानगर असफल भएको छ । बस्ती हटसुन गएका कर्मचारी र स्थानीय बीच ठूलो झडप भएपछि यो बिषय अहिले भाइरल भएको छ ।

नेपालीहरु अहिले दुई कित्तामा उभिएका छन । कसैले सुकुम्बासी पक्षको समर्थन गरेका छन भने कसैले बालेन शाहको । धेरैले त्यसरी बस्तिमा डोजर लाउनुभन्दा वास्तविक सुकुम्बासी पहिचान गर्नु पर्ने धारणा राखेका छन ।

सुकुम्बासीको नाममा धेरै हुकुम्बासी भएको र त्यसलाई छनबिन गर्नुपर्ने र वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने धेरैको धारणा छ ।

सुकुम्बासी अयोग र नियमकानुन नै नहेरी बालेनले सत्ताको दुरुपयोग गरेको आरोप सुकुम्बासी पक्षधरले लाएका छन । सम्बन्धित निकाएले पनि बालेनलाई यस्तो सुझाव दिएका छन । बालेब समर्थकले भने सबैको सम्पत्ति छानबिन गर्ने सुझाव दिएका छन ।

सबैको एक एक सम्पत्ति सार्वजनिक गर्ने सुझावलाई बालेनले पनि आत्मसात गरेका छन । अन्य समाचार:- काराेबारकाे चाैथाे दिन आज (मङ्सिर १४ गते) बुधबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

‘किताबले विनम्र बनाउँछ’

युवा राजनीतिज्ञ तथा लेखक मानुषी यमि भट्टराईसँग किताब–वार्ता :

मेरो हातमा अहिले स्टेसी भेनेक स्मिथको ‘माकियाभेली फर विमेन’ किताब छ । यो किताब हालै एक साथीबाट उपहार पाएको थिएँ । किताबको शीर्षक हेर्दै मलाई आश्चर्य लागेको थियो किनभने इतिहास र राजनीतिशास्त्रमा निकोलो माकियाभेलीको सिद्धान्तलाई नकारात्मक र क्रूर संज्ञा दिइन्छ । हामी आदर्श समाजको कल्पना गर्छौं र वकालत पनि । तर, हामी बाँचिरहेको यथार्थ जटिल छ, क्रूर छ–

विशेषगरी महिलाहरूका निम्ति । शक्तिकै पछि सबै जना दौडिरहेको र शक्ति प्राप्तिकै निम्ति ठूलो मरिहत्ते भइरहेको देखिन्छ समाजमा चाहे त्यो आफ्नो दैनिक कार्यथलो होस् या राष्ट्रिय राजनीतिको सन्दर्भमा । व्यावहारिक रूपमा यो यथार्थको सामना कसरी गर्न सकिन्छ ? के रणनीतिहरू अपनाउन सकिन्छ ? किताबमा यस्ता सुझाव दिन खोजिएको छ । केही रोचक टिप्स पनि छन् । किताबका केही कुरा भने पचाउन गाह्रो लागिरहेको छ । ती विषयमा सहमत हुन सकिरहेको छैन । ती असहमतिपछि कुनै सन्दर्भमा लेख्नेछु ।

पछिल्लोपटक मैले पढेका केही किताब हुन्– यानिस भारुफाकिसको ‘टकिङ टु माई डटर अबाउट द इकोनोमी : अ ब्रिफ हिस्ट्री अफ क्यापिटलिजम’, देवेन्द्र उप्रेती, लोकरञ्जन पराजुली र प्रत्यूष वन्तले सम्पादन गरेको ‘नेपालमा विद्यालय शिक्षा’ र मारा मालागोडीको ‘कन्स्टिट्युसनल नेसनलिज्म एन्ड लिगल एक्स्क्लुजन’ ।

अर्थतन्त्र–विमर्श

‘टकिङ टु माई डटर अबाउट द इकोनोमी : अ ब्रिफ हिस्ट्री अफ क्यापिटलिजम’ किताब एक प्रख्यात अर्थशास्त्रीले किशोर उमेरकी आफ्नी छोरीलाई हामी बाँचिरहेको संसारका महत्त्वपूर्ण, तर जटिल विषय खासगरी अर्थतन्त्रका ‘क ख रा’ बुझाउने उद्देश्यसहित लेखिएको हो । यानिस भारुफाकिस अध्ययनले अर्थशास्त्री हुन्, जो पछि ग्रीसका अर्थमन्त्री पनि बने । राजनीतिज्ञ र अर्थशास्त्रीका रूपमा स्थापित भए पनि एक पिताका रूपमा विरलै समय बिताउन पाएको छोरीसँग संवाद–शैलीमा यो किताब लेखिएको छ ।

सुरुमा ग्रीक भाषामा लेखिएको किताब अन्य युरोपेली भाषासँगै अंग्रेजीमा अनुवाद गरिएको हो । लेखककै शब्दमा –यो किताब धेरै मिहिनेत गरेर लेखिएको होइन, फुर्सदमा बिनाकुनै योजना ९ दिन लगातार आफ्नो टापुको घरमा बसेर लेखिएको हो ।

दैनिकजसो समसामयिक आर्थिक, राजनीतिक विषयमा लेख्दै गरेका यानिसलाई ट्रम्प, ब्रेक्जिट, युरोप, ग्रीसको आर्थिक संकट आदिबारे टुक्राटाक्री लेख्न दिक्क लागेजस्तो भएपछि अर्कै देशमा अध्ययनरत छोरीसँग समग्र आर्थिक प्रणालीबारे कुरा गर्न मन लाग्यो । तसर्थ छोरीले बुझ्न सक्ने भाषामा छोरीकै प्रारम्भिक चिन्ता वा चासो– मान्छेहरूबीच यति धेरै असमानता किन ?

भन्ने प्रश्नको सामना गर्ने कोसिसबाट किताब सुरु हुन्छ । हामी बाँचिरहेको संसार, सन्दर्भ, संकट, सम्भावना आदि सबै पुँजीवादी अर्थव्यवस्थाभित्र पर्ने, तर सबै विषयलाई पुँजीवाद भनेर मात्रै उम्किन नसकिने अनि पुँजीवादजस्ता भारीभरकम शब्दावलीले अन्य थुप्रै पेचिला गतिविधि, घटनाक्रम र विषयवस्तुमाथि पर्याप्त प्रकाश पार्न बाधक पनि हुन सक्ने भएकाले लेखक यो किताबमा पुँजीवाद शब्द नै प्रयोग गर्दैनन् । अर्थतन्त्र र बजारबीचको भिन्नता, पैसा–ऋण र राज्यबीचको सम्बन्ध, निजी हित,

सामूहिक हित र पृथ्वी–प्रकृतिको हितबीच मिलनको सम्भावना, विश्व व्यापार, नाफा, धन, मुद्रा, बैंकिङ, कर प्रणाली, श्रम यान्त्रिकीकरण, बिटकोइनजस्ता विषयवस्तुलाई रोचक रूपमा बुझाउन खोजिएको छ किताबमा । लेखकले डिकेन्स्, ब्रेख्तजस्ता साहित्यकार र स्टार ट्रेक, फ्रान्किन्स्टिन, मेट्रिक्स, टर्मिनेटर, ब्लेड रनरजस्ता आधुनिक चलचित्रका विम्ब–पात्रहरूको सहारा लिएका छन् । अन्तिममा उनको मूल सन्देश छ– अर्थतन्त्रलाई मुठ्ठीभर व्यक्ति र विज्ञहरूको चंगुलबाट मुक्त गराई यसको व्यापक र वास्तविक लोकतन्त्रीकरण गर्नुपर्छ ।

अर्थतन्त्रलाई हाँक्ने राजनीतिले हो र अर्थतन्त्रको खास असर आम जनतामाथि हो । अर्थशास्त्र लागू हुने यही धरती र समाजमा हो । तसर्थ आम मान्छेले बुझ्ने भाषामा लेखिएको किताब हो यो । मूलधारका किताबमा प्रयोग हुने घगडान शब्दावली र शब्दजाल यस किताबमा भेटिँदैन ।

हाम्रो शिक्षाका कुरा

‘नेपालमा विद्यालय शिक्षा’ किताब ९ वटा विभिन्न प्राज्ञिक अनुसन्धनात्मक लेखहरूको महत्त्वपूर्ण संकलन हो । हाम्रो देशको विद्यालय शिक्षाका विभिन्न आयाम र सन्दर्भबारे मिहिन ढंगले केलाइएका पठन सामग्री छन् यसमा । शिक्षाका विभिन्न तह र आयाम छन् । यस किताबमा भने मूर्त रूपमा विद्यालय तहको शिक्षासँग सम्बन्धित केही ठोस प्रश्न, पृष्ठभूमि, अभ्यास र चुनौतीमाथि अनुसन्धानमा आधारित लेख समेटिएका छन् ।

किताब तीन खण्डमा विभाजित छ । पहिलो खण्ड सार्वजनिक विद्यालयको सामुदायिकीकरण र शिक्षा नीति निर्माणको राजनीतिमा चारवटा लेखहरू सूचीबद्ध छन् । नेपालको आधुनिक सार्वजनिक शिक्षाको इतिहासको संक्षिप्त, चुस्त, सारांशमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनले शैक्षिक जगत्मा के कस्ता प्रभाव पार्‍यो, के कस्ता परिवर्तन ल्यायो वा ल्याएन भनेर बुझ्न किताबले मद्दत गर्छ । केही सार्वजनिक, सामुदायिक विद्यालयमा गरिएको एथ्नोग्राफिक अध्ययनबाट हाम्रा सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा के कुरामा, कसरी गर्न खोजिरहेको र अन्ततः त्यसको नतिजा कस्तो देखिन्छ भनेर रोचक एवं चिन्ताजनक अवस्थाको चित्रण यस खण्डमा छ ।

साथै शिक्षासम्बन्धी ऐनकानुन, नीति, कार्यक्रम निर्माण प्रक्रियामा र कार्यान्वयनमा राजनीतिक दलसँग आबद्ध शिक्षक संगठन र निजी विद्यालयका लगानीकर्ताको समूह (‘बिचौलिया’) को प्रभाव कस्तो छ भनेर पनि पढ्न पाइन्छ । दोस्रो खण्डका तीन लेखहरू नेपालको नयाँ संवैधानिक व्यवस्थाअनुरूप हामीले अंगीकार गरेको धर्ननिरपेक्षता र संघीयताको प्रभाव शिक्षा क्षेत्रमा कस्तो परेको छ भन्नेमा केन्द्रित छन् । यो किताब प्राज्ञिक प्रयोजनका निम्ति त उपयुक्त छ नै शैक्षिक मुद्दा र नीति निर्माण तहमा काम गर्ने र राजनीतिज्ञका निम्ति झनै महत्त्वपूर्ण र उपयोगी छ ।

संवैधानिक इतिहास बुझ्न

‘कन्स्टिट्युसनल नेसनलिज्म एन्ड लिगल एक्स्क्लुजन’ पुस्तक नेपालको संवैधानिक इतिहासबारे एउटा मौलिक किताब हो । ४६ सालको आन्दोलनपश्चात् नेपालमा पुनःस्थापित बहुदलीय प्रजातन्त्रसँगसँगै राष्ट्रियता, समानता, विविधताजस्ता राजनीतिक अवधारणाहरूले नयाँ संविधानमा कसरी स्थान पाए ? कसरी परिभाषित भए र तिनको प्रभाव कस्तो रह्यो ? यी विषयमाथि गहन अध्ययन गरिएको छ यसमा ।

सन् १९९० को संविधानको पृष्ठभूमि, त्यसको रूपरेखा, निर्माणक्रममा उठेका समानता–पहिचान–राष्ट्र र अधिकारको भाष्य निर्माणमाथि किताबमा गहन अध्ययन गरिएको छ । राजनीतिक–कानुनी इन्स्टिट्युसनहरू कसरी निर्माण हुन्छन् ? के अवधारणाहरूमा टेकेर आकार ग्रहण गर्छन् ? तिनको प्रभाव के रहन्छ ? जस्ता विषयमा रुचि हुनेले यो किताब पढ्नुपर्छ ।

प्रिय बाल साहित्य

मलाई खासमा सरल भाषा–शैलीमा लेखिएका राजनीति, अर्थराजनीति र सामाजिक न्यायका विषयमा केन्द्रित पुस्तक मनपर्छन् । सैद्धान्तिक र व्याख्यात्मकभन्दा पनि समाधान केन्द्रित, व्यवहार र अभ्यासकेन्द्रित सामग्री भएको किताब मन पर्छन् । फिक्सनमा चाहिँ थ्रिलर विधाका कथा मन पर्छन् ।

म बाल्यकालमा फिक्सन बढी पढ्थें । पछि ननफिक्सन बढी पढ्न थालें । मलाई लाग्छ, समयले भ्याएसम्म सबै विधाका सबै खाले पुस्तक पढ्नुपर्छ ।

अहिले म २३ महिने छोराकी आमा हुँ । घरभरि बच्चाका किताबहरू छन् । लेखक आन्विका गिरीको किताब ‘हाम्रो पनि कुरा सुन्नुस्’, ‘आमाले सक्नुहुन्छ,’ सरिता परियारको ‘उत्सुकता’ जस्ता किताबबाट धेरै कुरा सिकिरहेको छु । छोरोसँगसँगै म पनि हुर्किरहेको छु । एउटा असल मानव कसरी बनाउने, हुर्काउने भन्ने मेरो प्रयासमा थुप्रै बालसाहित्यका किताबले मलाई साथ दिइरहेका छन् ।

किताबहरूले मलाई विनम्र बन्न सिकाउँछन् । आफूले जानेजस्तो लाग्ने विषयमा पनि हरेक पटक नयाँ–नयाँ ज्ञान–प्रश्न–पत्रहरू उघ्रिने रहेछ किताबमार्फत । तसर्थ किताबहरूले घमन्ड तोड्छन् ।


Last Updated on: December 5th, 2022 at 11:14 pm


१७५८० पटक हेरिएको

तपाईको प्रतिक्रिया