मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रबिले टंकीमा पानी झारेरै छाडे, अब उद्घाटन गर्न बालेन र हर्क बोलाउने (भिडियो सहित)

प्रकाशित मिति । १९ मंसिर, २०७९ ।

काठमाडौ । लामिछानेले चितवनमा पहिले आँसु बोकेर आए पनि अहिले सपना बोकेर आएको बताए । पछिल्लो केही दिन यता रबि लामिछाने रामनगर, जुगेडी र ठिमुरा का जनता लाई पानी खुवाने भनेर लागि परेका छन।

कहिले पानीको मुहान त कहिले झाडी फडानी मा रबि लामिछाने ब्यस्त थिए । यस बीच मा केही दिन्को लागि काठमाडौं गयका लामिछाने आज भने चितवन आएका छन ।

चितवन आए लगतै रबि लामिछाने फलफूल लियर पानी ल्याउने बाटो बनाउदै गरेका (झाडी फडानी ) जनता लाई भेट्न पुगे। त्यहा केही बेर जनता सङ कुरा गरे पछी रबि पानी ल्याको पुरानो बाटो हुँदै जङ्गल नै जङ्गल भएर जुगेडी निस्के। जुगेडी पछी भने उनी पानीको मुहान भयो भरतपुर माहानगर वार्ड नम्बर २९ मा पुगे।

सरम्दान गर्न आएका युवाहरु सङ कुरा गर्दौ रबि पानी ढुङ्गा बोक्न थाल्य । आज बाट पानी भने टंकी मा आयको छ । पानी टंकी मा आय लगतै रबि लामिछाने ले पानी उद्घाटन गर्न धरान का मेयर हर्क सम्पङ र काठमाडौं का मेयर बालेन साह लाई बोलाउने आफ्नो इछ्या भएको बतायका छन । म चितवनले लगाएको गुण तिर्न चाहन्छु जीवनभर चितवनको मान्छे बनेर उनले भने ।

हेर्नुस भिडियो

जसले आफ्नै पार्टीलाई पराजित गरे

स्थानीयस्तरमा लोकप्रिय रहे पनि नेतृत्वले नपत्याउँदा कांग्रेसका अमरेशकुमार सिंह सर्लाही–४ र एमालेका योगेन्द्रकुमार मण्डल मोरङ–५ मा स्वतन्त्र उम्मेदवारी दिएर जित्न सफल

सर्लाही‚ विराटनगर — कांग्रेसले टिकट नदिएपछि सर्लाही–४ बाट स्वतन्त्र उठेका अमरेशकुमार सिंहलाई मतदाताले संसद् पठाएका छन् । उनी सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायलाई १ हजार ७ सय ६५ मतान्तरले हराउँदै विजयी भएका हुन् । सिंहले २० हजार १७ मत ल्याउँदा पराजित रायले १८ हजार २ सय ५२ मत पाए । 

स्वतन्त्रबाटै उम्मेदवारी दर्ता गराएकी मधुमालाकुमारी यादवले भने १४ हजार ६ सय २२ मत मात्र प्राप्त गर्न सफल भइन् । मधुमाला रातो पासपोर्ट बेचेको अभियोग लागेका माओवादी नेता शिवपुजन रायकी छोरी हुन् । सर्लाही–४ मा कांग्रेसबाट दुई पटक निर्वाचित भइसकेका अमरेशलाई यस पटक पार्टीले टिकट दिएन । पार्टीभित्र शेखर कोइराला समूहमा रहेका अमरेशलाई संस्थापननिकट सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह र उनका भाइ मधेस प्रदेशका पूर्वमन्त्री वीरेन्द्र सिंहले केही समय पहिला सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधिमा मात्र रोकेनन्, प्रतिनिधिसभा निर्वाचनमा टिकटसमेत खोसेका थिए ।

अमरेशलाई रोक्न सभापति सिंहका दाजुभाइ र निवर्तमान सभापति रायले महामन्त्री गगन थापालाई सर्लाहीबाट चुनाव लड्न आग्रह पनि गरेका थिए । अन्तिम समयमा थापा सर्लाही आउन नमानेपछि राय आफैं उम्मेदवार बनेका थिए । कांग्रेसबाट टिकटका लागि जिल्ला र प्रदेशको सिफारिसमा नपरेका अमरेशले स्वतन्त्रबाट उम्मेदवारी दिए । यो जितसँगै अमरेश लगातार प्रतिनिधिसभामा तेस्रो पटक जित्ने नेताको सूचीमा परेका छन् । यसअघि कांग्रेस महासमिति सदस्यसमेत रहेका अमरेश ०७० र ०७४ मा पनि सांसद थिए ।

यस पटक अमरेशको जितको आधार कार्यकर्ताको संरक्षण हो । उनलाई कार्यकर्ता टिकाउन नसक्ने नेताका रूपमा चित्रण गरिए पनि उनी आफ्ना कार्यकर्ता जोगाउन लागिपरेका थिए । कांग्रेस जिल्ला अध्यक्ष सुरेन्द्र तथा उनका भाइ प्रदेश सांसद वीरेन्द्रले ठेक्कामार्फत गरेका गलत कामको विरोध गरेका कारण पनि अमरेशलाई जनताले पत्याएको कार्यकर्ता बताउँछन् ।

अमरेश जातीय राजनीतिमा नलाग्ने र विकास गर्ने नेताका रूपमा चिनिएकाले जित्न सफल भएको बलराका अक्कल सिंहको भनाइ छ । ‘गठबन्धनबाट उम्मेदवार बनेका तथा जातीय राजनीतिमा लागेका नेताहरू हारेका छन्, अमरेश जित्नुमा उनले गरेको विकास नै हो,’ उनले भने, ‘जनतालाई विकास भए अरू के नै चाहियो र ?’

प्रदेश सांसद वीरेन्द्रले पाएका ठेक्काको अमरेशले विरोध गर्दा उनीहरूबीच तिक्तता बढेको थियो । गलत कामको जहिल्यै आफूले विरोध गरेको र विकासे काममा सम्झौता नगरेकाले आफूलाई मतदाताले जिताएको अमरेश बताउँछन् । ‘म आफ्नो क्षेत्रका जनताका लागि संसद् भवनमा पनि आवाज उठाउँछु, विकासका काममा पनि पहल गर्छु,’ उनले भने, ‘यी कुरामा मेरो सम्झौता हुँदैन । त्यसैले जनताले मलाई चुनेका छन् । फेरि जनताको काम गर्ने अवसर पाएको छु ।’

कतिपयले कांग्रेसभित्रको विवादका कारण स्थानीय तह निर्वाचनमा अमरेशले नेता शिवपुजनलाई सहयोग गरेको उल्लेख गर्दै अमरेश जिताउनमा शिवपुजन फ्याक्टरले पनि काम गरेको बताउँछन् । तर, नागरिक अगुवा रजनीकान्त झा अमरेश र शिवपुजनको टसल पुरानो रहेको जनाउँदै शिवपुजनकी छोरी (मधुमाला) ले यति धेरै मत ल्याएपछि त्यो शंका गर्न नमिल्ने धारणा राख्छन् ।

‘धेरै मतको फरक देखिएको भए अमरेश जिताउनमा शिवपुजन फ्याक्टरले काम गरेको भन्न सकिन्थ्यो तर तीन जनाको प्रतिस्पर्धा कडा थियो,’ उनले भने, ‘अमरेशको जितमा उनको आफ्नै योगदान छ ।’ झाका अनुसार ०७० र ०७४ मा सांसद जितेपछि अमरेशले आफ्नो निर्वाचन क्षेत्रमा सडक सञ्जाल विस्तार र विद्यालयको गुणस्तर सुधारमा विशेष ध्यान दिएका थिए ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा महन्थ ठाकुर कांग्रेस परित्याग गरेर मधेसवादी दलमा लागेपछि अमरेश र शिवपुजन राजनीतिमा हाबी भएका थिए । पहिला यी दुवै ठाकुरका निकट पात्र मानिन्थे । ०६४ मा कांग्रेसका तर्फबाट अमरेश सिंह उम्मेदवार बने भने शिवपुजन मधेसी जनअधिकार फोरमबाट उठे । रायले ठाकुर र अमरेश दुवैलाई पराजित गरे । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा ठाकुर र रायलाई हराउँदै अमरेश जित निकाल्न सफल भए । ०७४ मा उम्मेदवार बनेका शिवपुजन रातो पासपोर्ट बिक्री प्रकरणमा मुछिएपछि उनी चुनाव लड्न अयोग्य भए । उनको उम्मेदवारी खारेज भएपछि ०७४ को चुनावमा अमरेशले सहजै जिते ।

यसरी जिते जोगी

मोरङ–५ मा एमालेबाट प्रतिनिधिसभा सदस्यमा टिकट पाउने निश्चित भएपछि योगेन्द्र मण्डल (जोगी) उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म एमालेबाट भोट माग्दै सीमावर्ती गाउँमा डुल्दै थिए । त्यसै साँझ अचानक एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलको सहमति भयो । तालमेलमा एमालेले मोरङ–५ मा जसपालाई सघाउने निर्णय भएपछि जोगीले टिकट पाएनन् ।

भोलिपल्ट जोगीले एमाले त्याग्दै स्वतन्त्र उम्मेदवारी दिए । उनीसँगै एमाले–जसपा गठबन्धनबाट मोरङका अध्यक्ष राजकुमार यादव र सत्ता गठबन्धनबाट माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डलको उम्मेदवारी दर्ता भयो । विज्ञानमा स्नातक ५१ वर्षीय जोगी स्थानीय झन्डै तीन दशकदेखि त्यही क्षेत्रमा सामाजिक काम गर्दै गरिब र पिछडा बस्तीमा चिनिएका थिए । उनले २५ वर्षअगाडि जीवन विकास समाज नामको लघुवित्त संस्था खोलेर त्यस क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि अभियान सञ्चालन गरिरहेका थिए । पिछडिएका वर्गका बालबालिकालाई निःशुल्क ट्युसन पढाउने अभियान सञ्चालन गरेका थिए ।

जीवन विकास समाजका नाममा विपन्न परिवारलाई घर निर्माण, किसानको लगानीमा दाना फ्याक्ट्री सञ्चालन, कृषिको आधुनिकीकरणका लागि ह्यारिङ सेन्टर र प्रांगारिक मल उत्पादनका लागि ३ हजार घन मिटरको ग्यास प्लान्ट स्थापनाका साथै गरिब बालबालिकाको गुणस्तरीय शिक्षाका लागि संस्थाका नाममा विद्यालय सञ्चालन गरेर उनले लोकप्रियता कमाएका थिए । मोरङको जहदा गाउँपालिका–४ फूलटोल मधरास्थित एसजेएस चोकका मतदाता वीरेन्द्र मण्डलका अनुसार शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलगायत क्षेत्रमा गरेको अढाई दशकको लगानी, यस अगाडि जितेकाले उल्लेखनीय काम गर्न नसक्दाको निराशा र एमाले कार्यकर्ताकै दह्रो साथ योगीको सानदार जितको आधार हो । ‘योगीले यो क्षेत्रमा चलाएको पब्लिक स्कुलमा न्यून शुल्कमा ठूला सहरका महँगा विद्यालयको जस्तै पढाइ र उनले खोलेको स्वास्थ्य संस्थामा सरकारी अस्पतालको भन्दा आधा शुल्कमा उपचार हुन्छ,’ उनले भने ।

रंगेली बजारका मतदाता जानकीदेवी शाहका अनुसार जोगी भुइँ तहसँग जोडिएका व्यक्ति हुन् । आफ्नै पहलमा अर्गानिक मल उत्पादन सुरु गर्ने, कृषिमा आधुनिकीकरण एवं मलखादको सहज उपलब्धताको मुद्दालाई जोडतोडका साथ उठाउने, किसानलाई सहज ढंगले माछाको भुरा उपलब्ध गराउने र रोजगार वृद्धि गर्ने उनका प्रयासको स्थानीयले प्रशंसा गर्ने गरेका छन् ।

एमालेले हिजो पानी बाराबार नै गरेको जसपासँग गठबन्धन गरेर जोगीलाई रोकेपछि कार्यकर्ता बिच्किएर स्वतन्त्र जोगी रोजेको देखिएको अर्का स्थानीय एवं राजनीतिका जानकार ईश्वर पोखरेलले बताए । कांग्रेसले गठबन्धनका नाममा आफ्नो पार्टीको उम्मेदवार नदिएर माओवादीका पुरानै अनुहारलाई उठाउँदा कांग्रेसी कार्यकर्ताले पनि जोगीलाई सहयोग गरेको उनको बुझाइ छ । ‘जोगीलाई कर्मकै कारणले यो क्षेत्रको घर–घरकाले चिन्छन्,’ धनपालथान–७ का वसन्त मण्डलले भने, ‘नेताको स्वार्थमा एमालेले जसपासँग गठबन्धन गरेर जोगीलाई रोक्नु नै एमालेका लागि दुर्भाग्य भयो ।’

मण्डलका अनुसार स्वतन्त्रबाट उठे पनि एमाले र कांग्रेसी भोटले उनले जिते । ‘यो क्षेत्रमा कांग्रेस र एमालेको आ–आफ्नो उम्मेदवार नहुँदा आक्रोशित दुई दलका कार्यकर्ताले जोगीलाई समर्थन गर्दा उनको जित निश्चित भएको हो,’ मण्डलले भने, ‘यो क्षेत्रमा करिब ८० प्रतिशत मधेसीको बसोबास छ ।’ जातीय भोटले पनि जोगीलाई मद्दत गरेको उनको बुझाइ छ ।

उक्त क्षेत्रमा पर्ने जनता क्याम्पस रंगेलीका सहायक प्रमुख सुरेन्द्र बस्नेतका अनुसार मुलुकभरि जनताले नयाँ नेतृत्व खोजेको समयमा मोरङ ५ मा डेढ दशकदेखि एकै दल र एकै अनुहारलाई मन नपराउनु स्वाभाविकै हो । उनले भने, ‘यही मनोविज्ञानको फाइदा उठाउन जोगी सफल भए ।’ माओवादी उम्मेदवार शिवकुमार मण्डल २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकबाट यो क्षेत्रमा सभासद भएका थिए । त्यसपछि ०७० र ०७४ मा उनी यही क्षेत्रबाट विजयी भए ।

मण्डल (जोगी) ले २१ हजार ८ सय २० मत ल्याउँदा सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन् । यो क्षेत्रमा प्रदेशसभा सदस्यमा भने सत्ता गठबन्धनमा कांग्रेसका गयानन्द मण्डल र अमृत अर्याल विजयी भएका छन् ।


Last Updated on: December 5th, 2022 at 10:35 am


२४३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया