सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


लभ परेको छ कि छैन् भन्ने प्रश्नमा यी सुन्दरी सांसदले दिईन रमाइलो जवाफ

प्रकाशित मिति । १९ मंसिर, २०७९ ।

काठमाडौँ क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् । काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत हराएर सानदार चुनाव जिते पछि सोविताको चर्चा चुलिएको हो ।

सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेकी ओनसरी घर्ती दोस्रो पनि हुन सकिनन् उनी चौथौ भइन् । सभामुख समेत भइसकेकोे र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री समेत हुन सक्ने भनेर ओनसरीको बिज्ञापन गरे पनि काठमाडौँ २ का जनताले भोट दिएनन् उनी नमज्जासँग पराजित भइन् ।

काठमाडौँ २ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि सोविताको अघि टिक्क सकेनन् पराजित भए । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो ।

जम्मा २७ बर्षकी सोबिताले सबैको घण्टी बजाइन । सांसद फेरिरहने काठमाडौँ २ ले ५ बर्षका लागी सोबितालाई आफ्नो जनप्रतिनिधीको रुपमा चुनेको छ । प्रत्यक्ष तर्फ निकै कम मात्रै महिला निर्वाचित भइरहेको अवस्थामा रास्वपाबाट मात्रै दुई जना महिलाहरु प्रत्यक्ष निर्वाचित भएका छन् ।

काठमाडौँ २ बाट सोबिता गौतम र ललितपुर ३ बाट डा तोसिमा कार्की भारी मतले निर्वाचित भएका छन् । पेसाले सोबिता वकिल हुन् भने तोसिमा डाक्टर । २७५ सदस्यीय प्रतिनिधी सभामा सोबिता सबैभन्दा कान्छी सांसद भएकी छिन् ।

सम्भवत २७ बर्षको उमेरमा प्रत्यक्ष निर्वाचित हुने महिलामा आज सम्मकै रेकर्ड उनले बनाएकी छिन् । तर्कपुर्ण र आकर्षक वाककलाका कारण पनि उनको चर्चा धेरै भएको छ । सानै उमेरमा माननीय बन्न सफल सोबिताले लामो राजनितीक यात्रा तय गर्ने निधो गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ की जाँदैन यकिन भएको छैन। पार्टी सरकारमा गएमा र मौका पाएमा कानुन मन्त्रालय या संचार मन्त्रालय हाक्ने सक्ने उनले बताएकी छिन् । पेसाले वकिल भएको र लामो समय संचारकर्ममा पनि रहेका कारण संचारमन्त्री बने पनी राम्रो काम गर्न सक्ने उनले बताएकी छिन् ।

सोबिताको सपनाको आकार अलि लामै छ । कुनै दिन नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना समेत उनले बनाएकी छिन् । एक टेलिभिजन कार्यक्रममा राजनितीक भविश्यबारे सोधिएको एक प्रश्नको जवाफ दिँदै सोबिताले भनेकी छिन् के थाहा एक दिन यो देशको पहिलो महिला प्रधानमन्त्री पो बन्छु की ! अहिले सम्म कोहि बनेको छैन क्यारे !

नेपाल टेलिभिजनको एक अन्तवार्ताका क्रममा सोबिताले आफ्नो पारिवारिक राजनितिक / पृष्ठभूमि, भावी योजना लगायतका बिषयमा खुलेर कुराकानी गरेकी थिइन् । दोलखाको जफे जामुनेमा जन्मिएर काठमाडौँ आएर गरेको संघर्ष र सफलताको कथा उनले सेयर गरेकी थिइन् ।

कुनै समय नेपाल टेलिभिजनमै कार्यक्रम प्रस्तोताको रुपमा काम गर्ने सोबिता माननीय सांसदको हैैसियतमा एनटिभीमै अन्तवार्ता दिन पाउनु आफैँमा गौरवुर्णक्षण थियो । उनले उक्त अन्तवार्तामा सबै बिषयमा खुलेर जवाफ दिएकी थिइन् । कार्यक्रमको अन्तिम तिर प्रस्तोताले उनलाई प्रश्न गरे -लभ परेको छ की छैन ?

अविवाहित सोविताले केहि केहिक्षण रोकिँदै सहज जवाफ दिइन् -‘लभ.. परेको छ, । उक्त अन्तवार्ताको क्लिप अहिले टिकटकमा भाइरल भएको छ । कान्छी माननियको चर्चा यत्रतत्र सर्वत्र चलिरहेको छ ।

प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत

मोरङ — प्रदेश १ मा नेकपा एमाले गठबन्धनले बहुमत प्राप्त गरे पनि सत्ता गठबन्धन आफ्नो सरकार बन्नेमा ढुक्क देखिन्छ । सत्ता गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकार गठनका लागि फकाइरहेको छ ।

पहिलो प्रदेशसभामा एमालेको सरकार ढलेपछि बनेको पाँचदलीय गठबन्धन सरकारमा जसपाका जयराम यादव बहालवाला स्वास्थ्यमन्त्री हुन् । एमाले गठबन्धनबाट मोरङ ५(२) मा उम्मेदवार भएका यादव कांग्रेसका अमृत अर्यालसँग पाजित भएका छन् ।

तर उनी अझै स्वास्थ्यमन्त्रीमा बहाल नै रहेको छ । समानुपातिकमा एउटा सांसद पाउने जसपा नै यो प्रदेशमा सरकार गठनको निर्णयक बनेको हो । जसपाले एमाले वा सत्ता गठबन्धन जसलाई समर्थन गर्छ, त्यसैको सरकार बन्ने अवस्था छ ।

स्वास्थ्यमन्त्री तथा जसपाका केन्द्रीय सदस्य यादवले चुनावी गठबन्धन चुनावसम्मका लागि रहेको तर अब सरकार निर्माण छुट्टै प्रक्रिया भएकाले प्रदेशदेखि केन्द्रसम्म सरकारमा सहभागिताको विषयमा पार्टीले निर्णय गरेर अघि बढ्ने बताए । मन्त्री यादवको भनाइले पनि जसपा एमालेसँग सरकारमा जाने संकेत छैन ।

तर सत्ता गठबन्धनसँगै सरकारमा जाने पनि स्पष्ट भइनसकेको अवस्थामा जसपा रहेको छ । त्यसैले सत्ता गठबन्धन दलले जसपालाई सरकार गठनको विषयमा पुरानै गठनबन्धनलाई कायम राख्नका लागि फकाइरहेको छ ।

एमालेले मोरङ ५ मा प्रतिनिधिसभा, प्रदेशसभातर्फ मोरङ ५(२), मोरङ ४(२) र ६(२) जसपालाई दिने सहमति गरेर चुनावी गठबन्धन गरेको थियो । तर उम्मेदवारी दर्ता गराउने दिन मोरङ ४(२) मा एमालेका जीवन घिमिरे र ६(२) मा एमालेका कृष्ण बस्नेतलाई टिकट दिए । यता प्रदेशसभा सदस्यमा यो दुई क्षेत्रको सहमति उल्लंघन गरेको र मोरङ ५ मा जसपाका उम्मेदवार राजकुमार यादव र ५(२) मा मन्त्री यादवलाई एमालेले मतदान नगरेकाले पराजय बेहोर्नुपरेको जसपाको ठहर छ । त्यसले पनि जसपाका नेता तथा कार्यकर्ताहरूले प्रदेश १ मा एमाले गठबन्धनमा सरकारमा जान नहुने भन्दै चर्को आवाज उठिरहेको छ ।

यस प्रदेशमा प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी ६ जना प्रदेश सांसद पाउने राप्रपाले पनि एमाले गठबन्धनमा नै सरकारमा जाने पूर्ण मनस्थितिमा देखिएको छैन । राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले चुनावी गठबन्धनमा आ-आफ्नो चुनाव लडेर हारजित भएको तर अब सरकार गठनको विषयमा पार्टीको निर्णय गरेर मात्रै अघि बढ्ने बताए ।

सत्ता गठबन्धन दलले छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरेर राप्रपा र जसपालाई सत्ता गठबन्धनको सरकारमा सहभगिताका लागि छलफल चलाइरहेको एक नेताले बताए । दुबै समूहले राप्रपा र जसपा सत्ता गठबन्धनको सरकारमा आउनेमा विश्वस्त रहेको ती नेताको भनाइ छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले यस प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्ने दावी गरे । एमालेका स्थायी कमिटी सदस्य तथा संसदीय दलका नेताका प्रमुख दावेदार हिक्मत कार्कीले गठबन्धन दलसँग छलफलमा नै रहेको तर निर्वाचन आयोगले समानुपातिकबाट प्रदेश सांसद छानिसकेपछि मात्रै सरकार निर्माणको विषयमा भन्नु उचित हुने बताउँछन् ।

९३ सदस्यीय प्रदेशसभामा समानुपातिकतर्फ १५ र प्रत्यक्षको २५ गरी एमालेले ४०, कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकको १२ गरी २९, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिकको ४ गरी १३, राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६, एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी ४ र जसपाले समानुपातिकमा १ प्रदेश सांसद प्राप्त गर्ने भएको छ ।

दलको नेताका लागि प्रदेश सांसद फकाउँदै

प्रदेश १ को सबैभन्दा ठूलो दल एमालेले दलको नेताका लागि तीन जनाको नाम अघि सारेको छ । एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, पोलिटब्युरो सदस्य तीलकुमार मेन्याङ्बो र केन्द्रीय सदस्य रामबहादुर मगर दलका नेताका आकांक्षी रहेका छन् ।

झापा-५(१) बाट दोस्रो पटक निर्वाचित भएका कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको मुख्यमन्त्री बनाउनकै लागि स्थायी कमिटी सदस्य बनाएकाले दलको नेतामा उनको विकल्प नभएको एमाले नेता तथा प्रदेश सांसदहरूको भनाइ छ । ताप्लेजुङ १(१) बाट पहिलो पटक निर्वाचित मेन्याङ्बो र इलाम २(२) बाट दोस्रो पटक निर्वाचित पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री मगर दलको नेतामा कार्कीसँगको प्रतिस्पर्धामा आउन नसक्ने प्रदेश सांसदहरको भनाइ छ । पार्टी अध्यक्ष ओलीको क्षेत्रबाटै निर्वाचित भएको र उनी निकट भएकाले दलको नेतामा कार्कीको विकल्प नभएको पूर्वमन्त्री मगर स्विकार्छन् ।

उनले पार्टीको प्रदेश कमिटी बैठक बसेर निर्णय गरेपछि दलको नेतामा कार्की सर्वसम्मत अगाडि आउने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री कार्कीले दलको नेताका लागि आफू तयार रहेको तर पार्टीको निर्णय स्वीकार गरेर अघि बढ्ने बताए । तर‚ उनी आन्तरिक रुपमा दलको नेताका लागि सम्पूर्ण तयारी गरिसकेको नवनिर्वाचित प्रदेश सांसदहरूको भनाइ छ । उनी प्रदेश सांसदहरुको नियमित सम्पर्कमा रहेर दलको नेताका लागि तयारीमा छन् । एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० प्रदेश सांसद पाउने भएको छ ।

कांग्रेसमा दलको नेतामा प्रतिस्पर्धा

सत्तारुढ दल कांग्रेसमा संसदीय दलको नेता बन्नेमा चर्को प्रतिस्पर्धा देखिएको छ । कांग्रेसमा दलको नेतामा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्यत्रय प्रदीपकुमार सुनुवार, अमृतकुमार अर्याल र भीम पराजुली, समानुपातिक सूचीमा एक नम्बरमा नाम रहेको कांग्रेसका प्रदेश अध्यक्ष उद्धव थापा, प्रदेश महामन्त्री भूपेन्द्र राई आकांक्षी छन् ।

उनीहरूमध्ये अहिले कार्की, अर्याल र पराजुलीले दलको नेताका लागि तयारी थालेका छन् । उनीहरूमध्ये अर्याल कांग्रेस सभापति शेरबहादुर देउवा, कार्की कांग्रेस नेता शेखर कोइराला र पराजुली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । उनीहरू तीनै जना दलको नेताका लागि प्रदेश सांसदहरुलाई फकाइरहेका छन् । तर‚ प्रदेशसभामा निर्वाचित भएर आएका प्रदेश सांसदहरूमा सभापति देउवा पक्षकै बहुमत रहेको छ ।

पहिलो प्रदेशसभामा पनि देउवा पक्षकै बहुमत हुँदाहुँदै पनि शेखर कोइरालानिकट राजीव कोइराला कांग्रेस संसदीय दलका नेता चयन भएका थिए । केन्द्रीय सदस्य रहेका शेखर कोइरालानिकट राजीवका लागि पार्टी सभापति देउवाले अघिल्लो प्रदेशसभामा दलको नेता छाडेका थिए । यसपटक पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भए पनि पार्टीको ४० प्रतिशतको नेतृत्व सम्हालेका शेखर कोइराला पक्षकै प्रदेश सांसद यस प्रदेशमा दलको नेता बन्नेमा प्रदेश सांसदहरू पनि ढुक्क देखिएका छन् । कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकमा १२ गरी २९ प्रदेश सांसद पाउने देखिएको छ ।

माओवादी केन्द्रमा मन्त्री आङ्बो र आचार्य आकांक्षी

माओवादी केन्द्रको दलको नेतामा पाँचथर १(२) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र मोरङ ६(२) बाट निर्वाचित पार्टी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य दलको नेताका लागि आकांक्षी देखिएका छन् । तर‚ पहिलो प्रदेशसभा पनि दलका नेता भएका मन्त्री आङ्बो नै यसपटक पनि नेता बन्ने प्रदेश सांसदहरूको भनाइ छ ।


Last Updated on: December 5th, 2022 at 7:36 am


१४१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया