
‘मुड फ्रेस’ गर्न कतिपटक सेक्स गर्ने ?
प्रकाशित मिति । १८ मंसिर, २०७९ ।
काठमाडौ । एकाविहानै सेक्स गरे दिनभरि ‘मुड फ्रेस’ हुने र विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्ने गर्दछ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ ।
सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।
सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने लेखाजोखा त छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ ।
त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।
बिहानको सेक्स
समय छ र पार्टनर टेन्सनमा छैन भने बिहानमै सेक्स गर्दा रमाइलो हुने विभिन्न अनुसन्धानबाट खुलेको छ । बिहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।
रातमा सेक्स
बिहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।
कांग्रेसका ३४ नेता : जसले चारदलीय गठबन्धन हुँदा पनि चुनाव हारे
काठमाडौँ — टिकट वितरणको घडीसम्म पनि कांग्रेसमा चुनावी गठबन्धन गर्ने/नगर्ने भन्नेबारे दुईथरी मत थिए । चर्को स्वरमै गठबन्धन गर्न नहुने पक्षमा वकालत गरेको नेता शेखर कोइराला समूह भने स्थानीय चुनावपछि मत्थर बनेको थियो । तर एकथरी नेताले गठबन्धन नगरे चुनाव नजितिने तर्क राख्दा अर्काथरीले भने गठबन्धन गर्दा पनि मत ट्रान्सफर होला वा नहोला भन्ने शंका व्यक्त गरिरहेका थिए ।
सभापति शेरबहादुर देउवाले त गठबन्धन नगरौँ भन्नेहरूलाई जितेर देखाउनुपर्ने चुनौती नै दिएका थिए । ‘मलाई देशभरिको सूचना छ । अहिले गठबन्धनको विरोध गर्नुस् । तर‚ भोलि जितेर पनि देखाउनुपर्ला, गठबन्धन मलाई चाहिएको होइन,’ नेताहरूले गठबन्धन नगरौँ भन्दा केन्द्रीय समिति बैठकमै देउवाको जवाफ थियो ।
देउवाको चुनौतीले कतिपय नेताहरू खुसी थिएनन् । तर‚ देउवाले भनेबमोजिम गठबन्धन गरेरै चुनावमा जाँदा पनि यसपटक कांग्रेसका चार पदाधिकारीसहित ३४ उम्मेदवार पराजित भएका छन् । कांग्रेस पराजित भएकामध्ये २१ सिटमा एमाले, ४ सिटमा राप्रपा, ३ सिटमा रास्वपा, २ सिटमा जसपा, २ स्वतन्त्र र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले १-१ सिटमा जितेका छन् ।
पाँच वर्षअघि वाम गठबन्धन हुँदा कांग्रेस २३ सिटमा खुम्चिएको थियो । यसपटक आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित चार दलसँग गठबन्धन गरेर त्यसको बदला लिने कांग्रेसको दाउ थियो । गठबन्धनमा सिट बाँडफाँट हुँदा कांग्रेसको भागमा ९१ सिट परेका थिए । तर तीमध्ये ५७ जनाले मात्रै चुनाव जितेका छन् ।
सहमहामन्त्रीहरु भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, महेन्द्र यादव र उमाकान्त चौधरीसमेत पराजित भएका छन् । कांग्रेसका पराजित ३४ नेताहरुमध्ये बाँके-२ मा सुदीपनरसिंह राणाको जमानत जफत भएको छ भने चितवन-१ मा विश्वराज पौडेल, काठमाडौं-६ मा भीमसेनदास प्रधान र सप्तरी-१ मा रामदेव साह तेस्रो भए । बाँकी ३० जना नेताहरू भने निकटतम प्रतिद्वन्द्वीको रुपमा पराजित भएका छन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनाव लड्न गएका पौडेल चितवन-३ मा तेस्रो भएका छन् । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुँदा एमालेका सुरेन्द्र पाण्डे निकटतम प्रतिद्वन्द्वी रहे । ढकालले ३४ हजार १८९ मत ल्याएर चुनाव जिते भने पाण्डेले २६ हजार ६०८ मत ल्याए । पौडेलले भने २४ हजार ९९० मतमात्रै पाए ।
दुई पटक त्यही क्षेत्रबाट चुनाव जितेका पुर्वमन्त्री भीमसेनदास प्रधानले पनि काठमाडौं-६ मा यसपटक नसोचेको हार बेहोरे । यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार शिशिर खनाल निर्वाचित भए । खनालले १४ हजार २०४ मत ल्याएर जिते भने एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मतसहित निकटतम प्रतिद्वन्द्वी रहे । चारदलीय गठबन्धनका उम्मेदवार प्रधानले भने ८ हजार ८०५ मत पाए ।
यो निर्वाचनमा पटक-पटक सांसद र मन्त्री भइसकेका नेताहरु तथा बहालवाला मन्त्रीहरूसमेत पराजित भएका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन हुँदा पनि चुनाव जित्न सकेनन् । पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री सुनीलबहादुर थापा र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पराजित भएका छन् ।
त्यस्तै, हेभिवेट नेताहरू सुजाता कोइराला, बलबहादुर केसी, पद्मनारायण चौधरी, अर्जुनप्रसाद जोशी, सीताराम मेहत्ता, राज्यमन्त्री उमेश श्रेष्ठ, सुरेन्द्रप्रसाद चौधरी र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई पनि पराजित भएका छन् ।
यसअघि वामगठबन्धन हुँदा समेत चुनाव जितेका भरतकुमार शाह र प्रमोदकुमार यादव यसपटक भने पराजित भएका छन् । त्यस्तै, पूर्वउपसभामुख पुष्पा भुसाल, केन्द्रीय सदस्यहरू अभिषेकप्रताप शाह, देवेन्द्रराज कँडेल र रामजनम चौधरी पनि पराजित भए । इलाम जिल्ला सभापति डम्बर खड्का, झापा सभापति देउकुमार थेवे, नेताहरू खगेन्द्र अधिकारी, नागेन्द्र कुमार, मोहम्मद फिरदोस आलम, किशोरदत्त बराल र ज्ञानबहादुर गाहा पनि पराजित भएका छन् ।
उनीहरूमध्ये चितवन-२ मा उमेश श्रेष्ठ सबैभन्दा धेरै मतान्तरले पराजित भएका छन् । त्यसो त यहाँबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नै सर्वाधिक मतान्तरले चुनाव जितेका छन् । यहाँ मतान्तर नै ३४ हजार छन् । झापा-५ मा खगेन्द्र अधिकारी पनि एमाले अध्यक्ष केपी ओलीसँग २८ हजार मतान्तरले पराजित भएका छन् ।