मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


नायिका निता र हरिहरको सम्बन्ध बिग्रिएको हो ?

प्रकाशित मिति । १८ मंसिर, २०७९ ।

काठमाडौ । नीता ढुंगाना चलचित्र र म्यूजिक भिडियोमा व्यस्त रहने नायिका हुन् । पछिल्लो समय बिवाह र स्वास्थ्य मा समस्या आएका कारण तेत्ति बाहिर आएकी छैनन । तर पनि उनि सामाजिक सन्जालमा निकै सक्रिय हुने गर्छिन । नीताको क्रेज चलचित्र क्षेत्रमा उचाइका पनि पुग्न सकेको छैन भने उनी हराएकी पनि छैनन् ।

नायिका ढुंगाना मिहिनेत गर्दै जाँदा कुनै न कुनै दिन प्रतिफल मिल्ने बताउँछिन् । अहिले सामाजिक सञ्जालले कलाकार लगाएत सबैलाई सहज बनाएको छ । प्रविधिले उपलब्ध गराएको प्लेटफर्म अझ कलाकारहरूले भरमग्दुर प्रयोग गरिरहेका छन् । जसमा नायिका नीता ढुंगाना पनि पर्छिन् । निकै सुशील र व्यावसायिक मानिने नीताको सामाजिक सञ्जालमा राम्रो पकड छ ।

उनी यसमा केही न केही लेखिरहेकी हुन्छिन् ।केही समयअघि ज्योतिष हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी नीताले दार्शनिक लय समातेर सोमबार एउटा स्ट्याटस पोस्ट गरेकी छन् । जसको सार सम्पन्नता भन्दा अभाव र संघर्ष नै प्यारो हुन्छ भन्ने छ ।

अक्सर मानिस भरिपूर्ण हुन चाहन्छन् । तर नीताको विचारमा भरिनु उचित होइन किनभने भरिँदा नयाँका लागि ठाउँ नै रहन्न । त्यसैले जीवन टिलपिल भरिएको भन्दा अलिकति खाली रहेकै जाती हुन्छ ।‘अलिकति त रित्तिनु नै राम्रो, भरियो भने केहीका लागि ठाउँ नै रहन्न,’ नीता भन्छिन् ।

समस्यासँग नभाग्न अनि असफलताबाट नबिच्किन पनि नीताको सुझाव छ । यस्ता समस्याले सफलताको स्वाद चखाउने भएकाले यिनले घोचेको नै ठीक हुन्छ ।‘अलिकति त असफलताले घोचेको च्वास्स पनि ठिक, जसले सफलताको स्वाद चिन्न सघाउँछ अलिकति विवशताले कठालो समातेकै बेस् ।

नीताले कुनै समस्यासँग जुध्न साहस जुटाएकी होलिन् कि बसिबियालो मात्र गरेकी होेलिन् ? या समस्या र अभावमा जुधेकालाई साहस जुटाउन ढाडस ? कतिपयले उनको यो स्टाटसलाई हरिहरसँग खटपट आएको हुन् सक्ने समेत अनुमान गरेका छन । दिक्दारिँदा वा सम्बन्धमा खटपट आउँदा पनि कलाकारले फेसबुकलाई मन बहलाउने मेलो बनाउने गरेका छन् ।

पहाडी जिल्लामा किन हारे एमाले हस्ती ?

खोटाङ — अध्यक्ष केपी ओलीनजिक मानिएका एमालेका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा २ हजार ६ सय ६९ मतान्तरले हारे । गठबन्धनका उम्मेदवार माओवादीका रामकुमार राईले उनलाई पछि पारेका हुन् । राईले ३१ हजार ५ सय ३१ र भट्टराईले २८ हजार ६ सय ८२ मत पाए ।

स्थानीय तहको निर्वाचनमा खसेको मतको आधारमा हेर्ने हो भने गठबन्धनको मत जोड्दा ४७ हजार ५ सय १३ देखिन्छ । तर गठबन्धनको मत ३१ हजार ३ सय ५१ मात्र खस्यो । यसमा भट्टराईको २८ हजार ६ सय ८२ मत आएको छ । स्थानीय तहको चुनावमा एमालेको मत २८ हजार ७ सय ९७ देखिन्छ । यसका आधारमा स्थानीय तहको तुलनामा एमालेको १ सय १५ मत कम आएको छ ।

एमाले जिल्ला कमिटी खोटाङका सचिव कुमार आचार्यले भने स्थानीय तहको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । ‘गठबन्धनकै कारण झिनो मतले चुनाव हारिएको हो,’ आचार्यले भने । स्थानीयले भने भट्टराई पटक–पटक निर्वाचित भए पनि जिल्लाको अवस्था नसुध्रिएकाले मत घटेको बताएका छन् ।

सडक, पुललगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतको अवस्था नसुध्रिएकाले मत नदिएको हुन सक्ने स्थानीयको भनाइ छ । एमालेभित्र अन्य नेता नभएजस्तो जहिल्यै आफैं मात्र उम्मेदवार हुने प्रवृत्तिले पनि यस्तो समस्या आएका एमालेका एक नेताले बताए ।

भट्टराईले भने जिल्लावासीले अत्यन्तै मायाका साथ भोट दिएको बताएका छन् । उनले भने, ‘जिल्लाका अरू नेताहरू घर जानुपरे खोटाङ छाड्नुपर्छ तर मैले जिल्ला आउनुपर्छ, त्यसैले मलाई माया गरेका हुन् ।’

माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत रहेका राई पनि सशक्त नेता हुन् । उनले २०६४ मा खोटाङ क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य र २०७४ मा खोटाङ (२) बाट जितेका थिए । राई लामो समयदेखि खोटाङकै भूगोलमा खटिएकाले भट्टराईका लागि जित निकाल्न असहज बन्यो ।

प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले पनि भोजपुरबाट पराजय खेपेका छन् । गठबन्धनका उम्मेदवार माओवादीकै सुदन किरातीले २ हजार ३ सय ८९ मतले राईलाई हराएका हुन् । राईले २६ हजार २ सय २ मत र किरातीले २८ हजार ५ सय ९१ मत ल्याएका थिए ।

२०७४ मा प्रदेश १ मुख्यमन्त्री, २०७२ मा सूचना तथा सञ्चारमन्त्रीसमेत भइसकेका राईलाई गठबन्धन नै मुख्य बाधक बनेको भोजपुर एमालेका अध्यक्ष शरण राईको ठहर छ । तर त्यत्तिले मात्रले हारेका होइनन् उनी ।

जनताको जनजीविकासँग टुट्नु, भड्किलो जीवन शैली, मुख्यमन्त्री हुँदा पनि प्रदेशको नाम राख्न नसक्नु, मुख्यमन्त्री हुँदा सरकारी स्रोत दोहनको आरोप खेप्नु लगायतका कारण उनी चुनाव हारेको पौवादुंगा गाउँपालिका–८ का भूपाल राई बताउँछन् । ‘किरातीले चुनाव हराउनुमा शेरधनको जनतासँगको सामीप्यता नहुनु, भड्किलो जीवन शैली, किरात प्रदेश नामांकनको पक्षमा नलाग्नु हो,’ राईले भने ।

पहाडमा विचार पनि अडिक नै भएर बसेकाले विचारप्रधान राजनीति कायमै रहेको राई बताउँछन् । किरातीमा जनयुद्धको भावना, संघीयता, समावेशी, गणतन्त्रजस्ता मूलभूत विशेषतालाई जोडदार उठाउन सक्ने क्षमता भएकाले शेरधनको हार भएको राईको भनाइ छ ।

ओखलढुंगामा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडासँग हारे । २०७४ को चुनावमा खतिवडालाई करिब ५ हजार ३ सयको मतान्तरले हराएका सुनुवार यो चोटि ६ हजार ८ सय १८ मतले पछि परेका छन् । गठबन्धनकै कारण सुनुवारले हार बेहोर्नुपरेको एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटवालको भनाइ छ । खतिवडाले ३३ हजार ५ सय ५६ र सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका छन् ।


Last Updated on: December 4th, 2022 at 11:29 pm


३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया