
बलिउड अभिनेत्री महिमा चौधरी भन्छिन “आफूलाई गो’र्खाली भन्न मन पर्छ”, बोल्छि’ न् यति राम्रो नेपाली (भि’डियो सहित)
प्रकाशित मिति । १८ मंसिर, २०७९ ।
काठमाडौ । यिनै अभिनेत्री महिमा चौधरी आफूलाई गोर्खाली भन्न मन पराउँछिन्। नर्थ बंगाल एक्सप्रेससँगको एक भिडियो अन्तर्वार्तामा परदेश फिल्मकी अभिनेत्री महिमाले आफू सेटमा बहिनीसँग नेपाली भाषामा कुरा गर्ने गरेको बताइन्।
‘म गोर्खाली हुँ,’ महिमाले अन्तर्वार्तामा भनेकी छन्। उनले काठमाडौँमा राम्रा फरेन गुड्स पाइने भएकाले गएका बेला जिन्स, क्यामरा, भिडियो क्यामेरा किनेर ल्याएको सम्झिन्। त्यहाँको तितौरा र गुदपाक मलाई मन पर्छ,’ उनले भनिन्।
उनले भनेकी छन्, ‘म फेरि नेपाल आउन चाहन्छु, मलाई नेपालमा निम्ता गर्नुस्!’ उनले उक्त सञ्चारमाध्यमले नेपाली भाषामै सोधेको प्रश्नको नेपाली भाषामै जवाफ दिएकी छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
महिमा चौधरीको बलिउड करियर चौपट भएको बताइएको छ । बलिउड किङ शाहरुख खानसँग फिल्म करियर सुरुवात गरेकी उनको फिल्म करियर चौपट भएको भारतीय मिडियाले जनाएको छ । फिल्ममा काम नपाएपछि जीवन धान्नकै लागि भएपनि महिमा टिभी सोमा जजको रुपमा काम गर्न थालेकी छन् ।
शाहरुखसँग फिल्म परदेशबाट फिल्म करिअर सुरु गरेकी महिमा कुनै बेला बलिउडमा मालमाल बनेकी थिइन् । तर, अहिले आफ्नो घर परिवार चलाउन महिमा टिभी रियालिटी शोमा जजका रुपमा काम गरिरहेकी छन् ।
सन् २००६ मा विवाह गरेकी बलिउड अभिनेत्री महिमा चौधरीले विवाह भएको केहि समय पछि नै छोरीलाई जन्म दिइन तर उनि विवाह अगाडि नै आमा बनेकी थिइन् । र चौधरीले आफूलाई गोर्खाली भन्न मन पराउँछिन् ।
हेर्नुस नेपाली भाषाबाट फररर बोलेको भिडियो
यी हुन् नेपालका सबैभन्दा चर्चित हास्य कलाकार
१४ भदौ, काठमाडौं ।
अहिले गाइजात्रा चलिरहेको छ । हुन त नेपालमा हरेक मौषममा गाइजात्रा चलिरहन्छ तर पनि गाइजात्रामा राजनीतिक प्रहसनमा जोड दिने हास्य कलाकारको चर्चा बढी नै हुन्छ । कलाकारहरुमाथि राजनीतिक प्रहसनलाई मात्र ब्यङ्ग्यको विषय बनाएको अन्य विषयमा जम्न नसकेको भनेर आलोचना हुने गरेको छ । तर पनि नेपाली हास्य क्षेत्रको मुख्य विधा राजनीति नै रहँदै आएको छ ।
नेपालमा हास्यब्यङ्ग्य पञ्चायतकालीन समय देखि नै रहेपनि खुलेर ब्यङ्ग्य गर्न पाइने भएको धेरै भएको छैन । नेपाली हास्यको सार्वजनिक उत्थान गर्ने अग्रज कलाकारमा हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको मह जोडीलाई मान्ने गरिन्छ । उनीहरुको पदचाप पच्छ्याएर नेपालमा धेरै कलाकार हास्य क्षेत्रमा आएपनि उनीहरुको उचाइ भेटाउनेगरे अहिले सम्म कोही पनि देखिएको छैन ।
नेपालका सर्वाधिक चर्चित हास्य कलाकार को को हुन् ?
१ मह जोडी
नेपाली हास्य क्षेत्रमा हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको जोडीसँग अरुको तुलना हुन सक्दैन । दशकौं सम्म हास्य क्षेत्रमा राज गरेका यी दुवै कलाकार बहुआयामिक सामाजिक ब्यक्तित्व पनि हुन् । गत वर्ष राजधानीमा आयोजित लिट्रेचर फेष्टिवलमा पत्रकार बिजयकुमारले मदनकृष्ण श्रेष्ठलाई सोधे- ‘कसरी जीवन्त मह जोडी बन्यो ?’ उनले हरिवंशलाई पहिलो पटक देख्दाको प्रसंग कोट्याउँदै जवाफ दिए ‘मैले हरिलाई पहिलोपटक नाचघरमा देखेको थिएँ, निक्कै पातलो केटो थियो ऊ ।’
Nepali Comedian 2
एउटै मञ्चमा पनि छुट्टाछुट्टै प्रहशन गरेको सम्झँदै मदनकृष्णले भने ‘कतिपय ठाउँमा त मभन्दा पहिले नै पुगिसकेको हुन्थ्यो उ ।’ मदन बोल्दा बोल्दै हरिबंशले हस्तक्षेप गर्न खोजे । ‘नढाँटी भन्दा हामीबीच प्रतिस्पर्धा छ,’ मह जोडीको सम्बन्धको उतारचढावबारे कार्यक्रमका मोडरेटर विजयकुमारको जिज्ञासामा हरिवंश पहिले बोले, ‘मदन दाइ मेरो प्रतिस्पर्धी पनि हो, र म उहाँको प्रतिस्पर्धी, हामी दुवैको रोल राम्रो होस् भन्ने चाहन्छौं, त्यति हुँदा पनि मेरो राम्रो होस् भन्ने हाम्रो चाहना हुन्छ ।’
Nepali Comedian
गत वर्ष गाइजात्रे कार्यक्रम बारे जानकारी दिने कार्यक्रममा किरण केसीले हास्य सम्राट भन्दा हरिवंश आचार्यले भनेका थिए- ‘राजाराम र किरणले जे भने पनि तपाईंहरु हामीलाई हास्य सम्राट नभनिदिनुहोला, हामी ‘मह’ जोडीकै नामले चिनिन चाहन्छौं । उनले थपे- ‘जमानामा ‘विज्ञापन’ भन्ने नाटक गर्दा राजारामले कार्यक्रमको उद्घोषण गर्दैथिए, हामीलाई उनले त्यही बेला पहिलोपटक मह जोडी भनेर नामाकरण गरिदिएका हुन्, हामी ‘मह’ जोडीमै ठिक छौं ।
उतार चढाव ब्यहोर्दै आएको नेपाली हास्य क्षेत्रको सबैभन्दा टिकेको जोडी पनि हो महजोडी । कैयौं पटक छुट्टिने संघारमा पुगेर पनि पुनः बाँधिएका महजोडीले गरेका टेलिसिरिलयल नै नेपाली टेलिभिजन क्षेत्रमा हास्य विजारोपण गर्ने माध्यम बनेका थिए । वर्षौं अघि बनेका उनीहरुले बनाएका हास्य सिरियल आज पनि उत्तिकै जिवन्त लाग्छन् । उनीहरुले गाएका गीत र चलचित्र समेत चर्चामा रहने गरेका छन् ।
२ दिपक राज गिरी दीपाश्री निरौला
deepak Raj Giri
हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको पुरुष जोडीपछि नेपाली हास्य क्षेत्रमा सबैभन्दा चर्चामा रहने नाम हो दिपकराज गिरी र दीपाश्री निरौला । वास्तविक जीवनमा नभएपनि फिल्मी दुनियाँमा सँधै दम्पतिकोरुपमा देखिएका दिपक र दीपालाई वास्तविक जीवनमा समेत विवाह गर्न सुझाव दिने समेत धेरै छन् । दिपक र दीपा रेडियोमा हास्य कार्यक्रम गर्दा गर्दै ‘तितो सत्य’ भन्ने टेलि श्रृंखला लञ्च गरेपछि चर्चाको शिखरमा पुगे । उनीहरुले नेपाली टेलिभिजनमा हास्य कमेडीको श्रृंखला चलाएर एक नम्बर टेलिभिजन कार्यक्रम मात्र बनाएनन् उनीहरुकै कारण यस्ता कार्यक्रमका बाढी नै आएका छन् ।
तितो सत्यबाट उनीहरु कति प्रभावशाली बने भन्ने कुरा गत वर्ष नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरिएको कार्यक्रममाथि प्रतिबन्ध लाग्नुले पनि पुष्टी गर्छ । दिपक र दीपाको जोडी नेपाली सिने क्षेत्रमा समेत प्रवेश गरेर ‘छ एकान छ’ नामक चलचित्र सफल बनाइसकेको छ । त्यसकै सफलताका कारण हुन सक्छ उनीहरुले अहिले ‘वडा नम्बर ६’ भन्ने चलचित्र समेत ल्याउँदैछन् ।
३ मनोज गजुरेल
भारतमा कपिल शर्मा जस्तै नेपालमा स्ट्याण्ड अप कमेडीमा मनोज गजुरेलको नाम अगाडी छ । ज्ञानेन्द्र देखि प्रचण्ड र लालबाबु देखि मोदी सम्मका क्यारिकेचर गरेर मनोजले दर्शकलाई सँधै मन्त्रमुग्ध नै पारेका छन् । उनको बौद्धिक स्तरको हास्य लेखन समेत नेपालमा निक्कै लोकप्रिय छ ।
manoj gajurelबिद्यार्थी राजनीतिबाट कलाकारितामा प्रबेश गरेका मनोजले नोरञ्जनका साथै सामाजिक न्याय, राजनैतिक स्वतन्त्रता र मानवीय मूल्य मान्यताको खरो शन्देश दिने गरेका छन् । सिस्नुपानी नेपालका उपाध्यक्ष उनी आफै भन्छन् म नम्बर वान कलाकार होइन स्टेज कमेडीमा मेरो नाम मान्छेले अग्रपंक्तिमा लिन्छन् । मनोजले गरेका तत्कालीन राजा ज्ञानेन्द्रका प्रहसन र २०७५ को नेपाल भन्ने प्रचण्डको क्यारिकेचर अन्तर्वार्ता उनका सबैभन्दा चलेका कमेडी मानिन्छन् ।
४ धुर्मुस सुन्तली
नेपाली हास्य क्षेत्रमा दिपक र दीपाको जोडीलाई टक्कर दिँदै वास्तविक जीवनमा समेत जोडी रहेका धुर्मुस सुन्तलीको जोडी जवर्जस्तरुपमा स्थापित भयो । वास्तविक नाम सिताराम कट्टेल र कुञ्जना घिमिरे भएपनि उनीहरुलाई सबैले धुर्मुस र सुन्तली भनेर चिन्छन् । ‘मेरी बास्सै’ भन्ने टेलिश्रृंखलामा गाउँले परिवेसलाई दुरुस्तै उतारेका यी कलाकारले शहरी जीवन र राजनीतिमा बढी ब्यङ्ग्य हान्ने दिपकराज गिरीको कमेडी ट्रेण्डमा पुरै फरकपन दिन सफल भए ।
यसै कारण उनीहरुको हास्य श्रृंखला तितो सत्यपछिको सबैभन्दा चर्चित कार्यक्रम बन्न सफल भयो । यो चर्चित जोडी पछिल्लो समय भूकम्पपछि सरकारलाई समेत उछिनेर भूकम्पपीडितका लागि नमूना बस्ती बनाइदिएर चर्चाको शिखरमा छ ।
Dhurmus suntali
धुर्मुस बहुआयामिक कलाकारकोरुपमा अभिनय गर्न माहिर छन् भने उनको महिला जोडीमा हरेक पक्षमा ससक्त देखिन्छिन् सुन्तली । धुर्मुस अर्का कलाकार केदार घिमिरे माग्ने बुढासँग महजोडीको शैलीमा अगाडी आउने देखिएपनि अव आएर भने उनीहरु छुट्टिइसकेका छन् । सरकारले धुर्मुस र सुन्तली लाई नेपाल सरकारले सफाई दूत समेत बनाएको छ । नेपाललाई सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त घोषणा गराउने अभियान सफल पार्न उनीहरुलाई सफाइ दूत बनाइएको छ ।
५ जितु नेपाल
हास्य क्षेत्रमा नेपालमा चिनिएको नाम जितु नेपाल ‘मुन्द्रे’ को पनि हो । तर उनी सँधै अभिनय गर्ने न त चलेका न त फ्लप जस्ता विचका कलाकार मानिन्छन् । विभिन्न हास्य श्रृंखलामा खेलेपनि उनी पछिल्लो ‘जिरे खुर्सानी’ भनिने श्रृंखलामा मुन्द्रेको भूमिकाबाट बढी चिनिए । रेडियो देखि स्ट्याण्डअप कमेडी सम्मको प्रयास गरेपनि उनी हाल सम्म पुरै सफल देखिएका छैनन् । जितु नेपाल अब नयाँ कमेडी शो लिएर टेलिभिजनमा आउँदैछन् । ‘कमेडी क्लब विथ जितु नेपाल’ नाम दिइएको यो शोलाई कलर्स च्यानलबाट आउने चर्चित शो ‘कमेडी नाइट्स विथ कपिल’सँग तुलना गर्न थालिएको छ ।
Jitu Nepal
६ माग्ने बुढा
‘मेरी बास्सै’ भन्ने टेलिश्रृंखलाबाट नै धुर्मुस सुन्तलीको जोडीसँगै टेलिभिजन कमेडीमा पदार्पण गरेका केदार घिमिरे ‘माग्ने बुढा’ पनि छोंटो समयमा हिट बनेका कलाकार हुन् । गाउँनै गाउँले भरिएको हाम्रो देशमा गाउँले परिवेसमा झुत्रे बनेर गरेको माग्ने बुढाको अभिनयले धेरैको मन जित्यो । माग्ने बुढा र धुर्मुसलाई पनि नयाँ महजोडीकोरुपमा चर्चा गरिएपनि उनीहरुको सहकार्य भने लामो समय जान सकेन ।
magne budha ra muiya
मेरी बास्सैमा नरहेका माग्ने बुढा अहिले आफ्नै टेलिश्रृंखला चलाइरहेका छन् । लामो समयदेखि चल्दै आएको सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’को शितयुद्ध अघिल्लो वर्ष उनी सिरियलबाट बाहिरएपछि किनारा लागेको थियो ।
Nepali Comedian 3
पारिश्रमिक नपाएको भन्दै केदार घिमिरेले ‘मेरी बास्सै’को छायांकन समेत रोकेका थिए । धुर्मुस र माग्ने बुढाको द्वन्द यस पटकको गाइजात्रे कार्यक्रममा समेत देखिएको छ । माग्ने बुढालाई प्रज्ञा प्रतिष्ठाको गाइजात्रामा लिइएपछि धुर्मुसले गाईजात्रा छाडेर काभ्रेस्थित धुर्मुस सुन्तली एकीकृत बस्तीको काममा व्यस्त रहेको जानकारी दिएका छन् ।
takme budha ra maghne budha
७ तक्मे बुढा
धुर्मुस् र माग्ने बुढाको ‘मेरी बास्सै’ बाट टेलिभिजन हास्य क्षेत्रमा चम्किएका विल्सन विक्रम राइ ‘तक्मे बुढा’ पनि छोंटो समयमा चम्किने हास्य कलाकारमा पर्छन् । एक दशकभन्दा लामो संघर्ष गरेर उनी ‘मेरी बास्सै’ मा लाहुरे पृष्ठभूमिका रहेका बुढाको अभिनय गर्दै तक्मे बूढा बने । गोर्खा सैनिकका रूपमा काम गर्ने हजारौं गोर्खाली वीरहरूका प्रतिविम्व बनेका उनी नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपाली माझ अझै बढि चिनिन सफल छन् ।
takme budha
फकल्यान्डको टापुदेखि अफगानिस्तानको मरुभूमिसम्म लडिरहेका वीर गोर्खालीहरूमा आफ्नै लवजमा फुर्तिसाथ अनेक किस्सा सुनाउने बानी आफ्नो गाउँघरमा देखेर हुर्किएका उनी त्यस्तै प्रकृतिको कलाकार बनेर दर्शकमाझ चिनिएका छन् । तक्मेबुढा अभिनेता मात्र होइन गायक समेत हुन् । उनले गाएका कमेडी गीतका एल्बम समेत बजारमा चर्चित छन् । चर्चामा आइसकेपछि विदेश गएका उनी सुरज सुब्बा नाल्बोले चलचित्र सायदबाट कलाकारितामा फर्किएका थिए ।
यी अहिले नेपालमा सबैभन्दा चलेका हास्य कलाकारमा पर्छन् । यस बाहेक राजनीतिक नेताहरुको क्यारिकेचर गरेर निक्कै चर्चामा रहेका सुवोध गौतम, फ्लप शो चलाएका सुशील पनि उदाउँदा हास्यकलाकार मानिएका छन् । पुराना कालाकारहरु जितु नेपाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल लगायतका कलाकारको पनि नेपाली हास्य ब्यङ्ग्य क्षेत्रमा विशेष भूमिका छ ।